• शनिबार ४-१२-२०८१/Saturday 07-27-2024
  • 09:15:43
  • ON AIR Gam Besika Bhaka
  • UP NEXTShuklagandaki Samachar

एसइई दिएर बसेका विद्यार्थी शुक्लागण्डकीमा फुटसल प्रतियोगिता हुने 

दुलेगौंडा, २९ जेठ । एसइई दिएर बसेका विद्यार्थी शुक्लागण्डकीमा फुटसल प्रतियोगिता हुने भएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नंं ५ बेलचौतारामा रहेको ज्ञान बगैंचा इङ्लीस बोर्डिङ स्कुलको आयोजनामा प्रतियोगिता हुन लागेको हो । 


एडिएसल फुटसल बेलचौतारामा असार १ र २ गते हुने सो प्रतियोगितामा प्रथम हुने समुहले नगद १५ हजार र द्धितीयले नगद १० हजार साथमा ट्रफि, मेडल र प्रमाणपत्र पाउने प्रतियोगिता संयोजक एवम् भाईस प्रिन्सीपल विनोद पौडेलले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा सहभागि हुन जेठ ३१ गतेभित्र समुह दर्ता गराईसक्नुपर्ने छ । दर्ता निशुल्क रहेको छ । जेठ ३२ गते खेल तालिका प्रकाशन गरिने छ ।

एसइई २०८० मा सहभागि भएर नतिजाको पर्खाइमा रहेका विद्यार्थीले प्रतियोगितामा सहभागि हुन सक्नेछन् । एसइईको नतिजाको तयारी भइरहेको सन्दर्भमा विभिन्न विद्यालयका विद्यार्थीहरुबीच एक आपसमा परिचय र सामिप्यताकोलागि पहिलोपटक प्रतियोगिता गर्न लागिएको प्रिन्सीपल सुरेश पौडेलले जानकारी दिए । विद्यालयमा गएको वर्षदेखि कक्षा ११ र १२ को अध्यापन शुरु गरिएको छ । 
 

प्रतिकृया दिनुहोस