• मंगलबार ६-१-२०८१/Tuesday 09-17-2024
  • 01:04:48
  • ON AIR
  • UP NEXTGyan Amrit

भदौ अन्तिम साता ‘एक चिहान’ उपन्यासमा आधारित नाटक दुलेगौंडामा मञ्चन गरिने

दुलेगौंडा, २०  भदौ ।  हृदयचन्द्र सिंह प्रधानद्वारा रचित ‘एक चिहान’ उपन्यासमा आधारित नाटक आगामी भदौ २७ गतेदेखि दुलेगौंडामा मञ्चन गरिने भएको छ । शुक्ला साहित्य संगम तनहुँको आयोजनामा मञ्चन हुने सो नाटक भदौ २९ गते सम्म चल्ने छ । पोखरा थिएटरको प्रस्तुतीमा हुने उक्त नाटक कक्षा १२ का विद्यार्थीलाई लक्ष्य गरेर मञ्चन गर्न लागिएको शुक्ला साहित्य संगम तनहुँका अध्यक्ष टुकादेवी पौडेल आचार्यले जानकारी दिइन् । 


करिब १ घन्टा ४५ मिनेट अवधिको सो नाटक हरेक दिन तीन पटक मन्चन हुनेछ ।  नाटकका लागि  प्रतिविद्यार्थी २ सय रुपैया र अन्यकोलागि ५ सय रुपैया शुल्क तोकिएको छ । ‘एक चिहान’ उपन्यास कक्षा १२ को अनिवार्य नेपाली विषयको पाठ्यक्रममा समावेश गरिएको छ । सोही उपन्यासलाई नाट्य रूपान्तरण गरेर नाटक प्रदर्शन गर्न लागिएको हो । विद्यार्थीले उक्त नाटक हरेर उपन्यासको समग्र विषयवस्तुलाई मनोरञ्जनात्मक ढंगले बुझ्न सक्ने आचार्यको दाबी छ । नाट्य रुपान्तर तथा निर्देशन परिवर्तनले गरेको नाटकमा पोखरा थिएटरका कलाकारको अभिनय रहने छ । 
 

प्रतिकृया दिनुहोस