• बिहीबार ६-३-२०८१/Thursday 09-19-2024
  • 06:40:35
  • ON AIR Nepali Bahas
  • UP NEXTShuklagandaki Samachar

गायन प्रतियोगितामा संगम आधारभुत विद्यालय प्रथम

दुलेगौंडा, २८ भदौ । शुक्लागण्डकी नगरपालिका वडा नं। १० को कार्यालय एवम् वडा शिक्षा समितिले आयोजना गरेको गायन प्रतियोगितामा संगम आधारभुत विद्यालय प्रथम भएको छ । यसैगरी जनकल्याण प्रावि द्धितीय, छब्दी मावि तृतीय र भगवती सेवा मावि सान्त्वना हुन सफल भए । 
छब्दी मावि, छब्दीमा शुक्रवार सम्पन्न प्रतियोगितामा वडामा रहेका ९ मध्य ८ वटा विद्यलायको सहभागिता रहेको थियो । ६० औं राष्ट्रिय बाल दिवसको अवसरमा कक्षा १ देखि ५ सम्मका विद्याथीको प्रतियोगितामा सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै वडा अध्यक्ष एवम् वडा शिक्षा समिति संयोजक राजेन्द्र भट्टराई क्षेत्रीले साना विद्यार्थीको प्रतिभा प्रस्फुटन र बाल दिवसमा उनीहरुको अधिकारका विषय जानकारी गराउने उदेश्यले वडाका सबै विद्यालयलाई समेटर प्रतियोगिता गरिएको बताए । सो अवसरमा वडा सदस्यहरु कुश्माखर खत्री, विमल राना, छब्दी माविका प्रधानाध्यापक खुमराज तिवारी, शिक्षक हुम खड्का लगायतले बोलेका थिए । निर्णाय समितिका संयोजक विमल जिसी र सदस्य सञ्जयराज ढकाल रहेको निर्णायक समितिले प्रतियोगिताको निर्णय गरेको हो ।

प्रतिकृया दिनुहोस