• बिहीबार ६-३-२०८१/Thursday 09-19-2024
  • 09:38:08
  • ON AIR Sikchya Sambad
  • UP NEXTShuklagandaki Samachar

उन्नती कृषि को १५ औं वार्षिक साधारणसभा

दुलेगौंडा, २ असोज । 
उन्नती कृषि सहकारी संस्था लिमिटेड शुक्लागण्डकी–४ दुलेगौंडाको १५ औं वार्षिक साधारणसभा मंगलवार दुलेगौंडामा सम्पन्न भएको छ । 
सो अवसरमा उत्कृष्ट कृषक, उत्कृष्ट समुह, उत्कृष्ट वित्तिय कारोबार गर्ने सदस्यहरुलाई सम्मान गरिएको थियो । उत्कृष्ट कृषकतर्फ शिवलाल रसाईली, हरि बहादुर खड्का, प्रित्रम थापा र शावित्रा खड्का, समुहतर्फ शुनपा–५ स्थित जनजागृति समुह, उत्कृष्ट वित्तिय कारोबार गर्ने निरोज भट्टराई, निर्मल बानीया, अमृता तिम्सेना र देवी खनाल रहेका छन् । उनीहरुलाई जिल्ला सहकारी संघ तनहुँका अध्यक्ष प्रदिपराज अधिकारी, सहकारीका अध्यक्ष मान कुमार तिम्ला, पूर्व अध्यक्ष एवम् जिल्ला सहकारी संघ तनहुँका सचिव पदम बहादुर बानीया लगायतले सम्मान गरेका थिए । सहकारीका अध्यक्ष मान कुमार तिम्लाको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथी जिल्ला सहकारीका अध्यक्ष अधिकारीले सहकारीहरु आफ्नो उदेश्य अनुसार सञ्चालन गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा शुनपा ३ का वडा अध्यक्ष सचिन भुजेल, शुनपाका पूर्व नगर उपप्रमुख सविता रसाईली, पशु चिकित्सक हुमराज तिमील्सीना, शेयर सदस्यहरु वशन्ता कुमारी श्रेष्ठ, सहकारीका उपाध्यक्ष शंकर बहादुर कार्की, सचिव ध्रुवराज लामिछाने, कोषाध्यक्ष लाल बहादुर कार्की लगायतले बोलेका थिए । कार्यक्रममा सचिव र कोषाध्यक्षले पेश गरेको प्रतिवेदन छलफलपछि पारित गरिएको थियो । 

प्रतिकृया दिनुहोस