• बिहीबार ६-३-२०८१/Thursday 09-19-2024
  • 07:00:16
  • ON AIR Shuklagandaki Samachar
  • UP NEXTBBC Nepali Sewa Bihani Sewa

इप्रका बेलचौताराका नवआगन्तुक प्रनि थापाले लिए सुझाव

दुलेगौंडा, ३० भदौ । इलाका प्रहरी कार्यालय बेलचौताराका नवआगन्तुक प्रहरी प्रमुख प्रहरी निरिक्षक पोषण थापाले जनप्रतिनिधी, राजनितिक पार्टीका प्रमुख तथा प्रतिनिधी, सञ्चारकर्मीसँग परिचयात्मक कार्यक्रम गर्नुका साथै सुझाव लिएका छन् । कार्यालय परिसरमा शनिवार आयोजित कार्यक्रममा प्रहरी निरिक्षक थापाले सरोकावालासँग हातेमालो गर्दै प्रहरीको दायित्व पुरा गर्ने प्रतिवद्धता जनाए । सहभागीले यस क्षेत्रको लागुपदार्थ  दुव्र्यसनी, ट्राफिक व्यवस्थापन, नदिजन्य पदार्थको अवैध उत्खनन, साइबर अपराध लगायतका विषयमा ध्यानाकर्षण गराएका थिए । वडा नंं। ३ का अध्यक्ष सचिन भुजेल, वडा नं। १० का अध्यक्ष राजेन्द्र भट्टराई क्षेत्री, नेकपा एमाले शुक्लागण्डकीका अध्यक्ष रघुनाथ पौडेल, नेकपा माओवादी केन्द्र शुक्लागण्डकीका अध्यक्ष मनराज गुरुङ, व्यवसायी हरि खड्का, सञ्चारकर्मी हरि खरेल लगायतले निष्पक्ष भएर  शान्ति सुरक्षा कायम गर्न र अपराध नियन्त्रणमा काम गर्न सुझाव दिएका थिए । प्रहरी निरिक्षक गणेश सुवेदीको मुस्ताङ सरुवा भएपछि कैलालीबाट पोषण थापा एक हप्ता अघि बेलचौतारा आएका हुन् । उनी यहाँ आएपछि यस क्षेत्रका स्थानीय र सरोकारवालासँगको छलफललाई तिव्रता दिएका छन् ।

प्रतिकृया दिनुहोस