• मंगलबार ६-१-२०८१/Tuesday 09-17-2024
  • 12:59:50
  • ON AIR
  • UP NEXTGyan Amrit

ढोरफिर्दीमा जारी १९ औं तीज कपमा जनसेवा स्पोर्टस  क्ल्व र नर्सरी एफ सी फाइनलमा भिड्ने

दुलेगौंडा, २१ भदौ । ढोरफिर्दीमा जारी १९ औं तीज कपमा जनसेवा स्पोर्टस  क्ल्व र नर्सरी एफ सी फाइनलमा भिड्ने भएका छन् । विहिवार जनसेवाले सेमिफाइनलमा विनोद मेमोरियललाई पेनाल्टीमा हराएर फाइनलमा पुगेको हो भने नर्सरी एफसीले जनसेवा स्पोटर्स क्लव वाईलाई १–० ले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो । फाइनल खेल शुक्रवार हुने छ । जनसेवा स्पोर्टस क्लवको आयोजनामा प्रतियोगिता भएको प्रतियोगितामा प्रथम हुने समुहले नगद ८८ हजार ८ सय ८८, द्धितीयले ४४ हजार ४ सय ४४ साथमा शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् । साथै उत्कृष्ट खेलाडीलाई नगद ३ हजार, सर्वाधिक गोलकर्ता, गोल रक्षक, डिफेन्डर उदयीमान खेलाडीलाई २÷२ हजार रुपैया प्रदान गरिने छ । प्रतियोगितामा ३० समुहको सहभागिता थियो ।

प्रतिकृया दिनुहोस