• बिहीबार ८-६-२०८१/Thursday 11-21-2024
  • 12:32:06
  • ON AIR
  • UP NEXTSangit Darpan

तालवेशी माविका विद्यार्थी दिक्षित

दुलेगौंडा, १ मंसिर । तनहुँको शुक्लागण्डकी–९ घारीमा रहेको तालवेशी माध्यमिक विद्यालयमा आयोजित इमोस्नल एजुकेशन प्रोगाम (सामाजिक भावनात्मक शिक्षा कार्यक्रम) को गहन सिकाई यात्रामा सहभागि विद्यार्थीलाई दिक्षित गरिएको छ । 
विद्यालय र द स्कुल अफ नन भायोलेन्स नेपालको आयोजनामा भएको १२ हप्ते कार्यक्रममा सहभागि कक्षा ८ देखि ९ सम्मका ९२ जना विद्यार्थीलाई दिक्षित गरिएको हो । शुक्रवार विद्यालय परिसरमा आयोजित कार्यक्रममा शुक्लागण्डकी नगरपालिका वडा नं.९ का अध्यक्ष धन बहादुर पुलामी (बाबुराम), विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद रावत, शिक्षक अभिभावक संघका अध्यक्ष गिता महत, प्रधानाध्यापक ध्रुव वाग्ले, द स्कुल अफ नन भायोलेन्सका संस्थापक एवम् सहजकर्ता राजन उपाध्यायले दिक्षित गरेका हुन् । 
सो अवधिमा विद्यार्थीलाई स्वःजागरण, स्वःसम्बन्ध, स्वःनियमन, उत्प्रेरणा, नैतिक मुल्य मान्यता, सकरात्मक सोच, प्रशंसनीय खोज, भावनात्मक साक्षरता, अहिंसात्मक सञ्चार, तनाव व्यवस्थापन, मानसिक स्वास्थ्य र स्वःहेरचाह, रिस रुपान्तरण लगायतका विषयमा केन्द्रित रहि सहजिकरण गरिएको थियो । सो अवसरमा बोल्दै वडा अध्यक्ष पुलामीले अध्ययनसँगै यस्ता क्रियाकलापले विद्यार्थीको सामाजिक भावनाको विकासमा महत्वपूर्ण टेवा पुगेको आफूले पाएको बताए । 
सो अवसरमा बोल्दै द स्कुल अफ नन भायोलेन्स नेपालका संस्थापक एवम् अहिसांत्मक सञ्चार नेपालका प्रशिक्षक श्रीराम तिमिल्सीनाले विज्ञान र प्रविधिका कारण साँगुरिदै गएको विश्वमा मानिसहरुबीच भावनात्मक सम्बन्धको खडेरी परिररहेका बेला यस्ता कार्यक्रम विद्यार्थीमार्फत समुदायसम्म पु¥याउनुपर्नेमा जोड दिए । विद्यालयका प्रधानाध्यापक ध्रव वाग्लेले कार्यक्रमले शिक्षक र विद्यार्थीबीच सुमुधुर सम्बन्ध स्थापित गर्न सहयोग पुगेको बताए । सामाजिक भावनात्मक कार्यक्रममका संस्थापक एवम् प्रशिक्षक श्रीराम तिमिल्सीनाले स्ता कार्यक्रम हरेक विद्यालयमा सानै उमेरका विद्यार्थीलाई पु¥याउन सके भविष्यमा हुने सक्ने मानसिक विचलन र द्धन्द्ध न्यूनिकरण हुने विश्वास व्यक्त गरे । विद्यालय व्यवस्थापन समिति अध्यक्ष विनोद रावतको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कार्यक्रम संयोजक दामोदर रेग्मीले गरेका थिए ।

प्रतिकृया दिनुहोस