गौं संरक्षण केन्द्रमा पराल सहयोग
दुलेगौंडा,४ मंसिर । शुक्लागण्डकीको गौं संरक्षण केन्द्रमा ३० भारी पराल सहयोग गरिएको छ । शुक्लागण्डकी–५ निवासी सञ्जय तिमिल्सीना र पोखराका विष्णु प्रसाद तिवारी, महाप्रसाद सुवेदी, सिता कार्की, राजु कार्की, सुरेश कँडेलले मंगलवार वडा नं.९ मा रहेको गौं संरक्षण केन्द्रमा सो पराल प्रदान गरेका हुन् । उनीहरुले विगत ५ वर्षदेखि केन्द्रलाई पराल र दाना सहयोग गर्दै आएका छन् । सञ्जयले आगामी दिनमा सहयोग गर्दै जाने प्रतिवद्धता जनाए । मुक्तिनाथ शुक्लागण्डकी च्यवनधामका अध्यक्ष होमनाथ लम्साल अर्जुनले गौं संरक्षणको व्यवस्थापनको जिम्मेवारी च्यवनधामलाई दिएको बताउदै सबैको सहयोगलेनै केन्द्र सञ्चालन भइरहेको उल्लेख गरे । केन्द्रमा हाल दुई सय चौपाया छन् ।
प्रतिकृया दिनुहोस