• मंगलबार ६-१-२०८१/Tuesday 09-17-2024
  • 01:05:13
  • ON AIR
  • UP NEXTGyan Amrit

ढोरफिर्दीमा सम्पन्न १९ औं तीज कपको उपाधी जनसेवा स्पोर्टस  क्ल्वलाई

दुलेगौंडा, २२ भदौ । जनसेवा स्पोर्टस क्लवको आयोजनामा ढोरफिर्दीमा सम्पन्न १९ औं तीज कपको उपाधी जनसेवा स्पोर्टस  क्ल्वले हात पारेको छ ।

जनसेवा स्पोर्टस क्लवको आयोजनामा गाउँफर्कोदय माविको खेल मैदानमा शुक्रवार भएको फाइनल खेलमा  नर्सरी एफ सीलाई ४–० ले पराजित गर्दै उपाधी हात पारेको हो । प्रतियोगितामा उपाधी जितेसँगै जनसेवाले नगद ८८ हजार ८ सय ८८ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । द्धितीयमा चित्त बुझाएको नर्सरी एफसीले नगद ४४ हजार ४ सय ४४ साथमा शिल्ड, मेडल र प्रमाणपत्र पायो । साथै उत्कृष्ट खेलाडी रोशन नेपाली, सर्वाधिक गोलकर्ता दिपेश गुरुङ, उत्कृष्ट गोल रक्षक राज गुरुङ, डिफेन्डरमा मनिल गुरुङ र उदयमान खेलाडी नर्सरी एफसीका शिशिर थापा घोषित भए ।

उनीहरुलाई प्रदेश सभा सदस्य श्यामराजा महत, वडा नंं ८ का अध्यक्ष नारायणसिं थापा, वडा नं. ९ का अध्यक्ष बाबुराम पुलामी लगायतले पुरस्कार प्रदान गरेका थिए । प्रतियोगितामा ३० समुहको सहभागिता थियो । 
 

प्रतिकृया दिनुहोस