• मंगलबार ६-१-२०८१/Tuesday 09-17-2024
  • 01:01:36
  • ON AIR
  • UP NEXTGyan Amrit

तीजको अवसरमा ढोरफिर्दीमा विविध कार्यक्रम

दुलेगौंडा, २१ भदौ । 
तनहुँको शुक्लागण्डकी–८, गाउँफर्कोदय माविको खेल मैदानमा विहिवारदेखि विभिन्न प्रतियोगिता शुरु भएको छ । नेपाली महिलाको महान पर्व हरितालिका तीज–२०८१ को अवसरमा शुक्लागण्डकी नगरपालिका वडा नं। ८ को कार्यालयले सो प्रतियोगिता आयोजना गरेको हो ।

विहिवार सम्पन्न घैटो फुटाई प्रतियोगितामा पुजा लम्साल प्रथम, इन्द्र विक द्धितीय र शारदा कुमाल तृतीय भए । सियो धागो उन्ने प्रतियोगितातर्फ विमल विक प्रथम, शिला महत द्धितीय र मनु राना तृतीय भए । चम्चा गुच्चा दौड प्रतियोगितामा माया थापा प्रथम र शुस्मा शाही द्धितीय भएका छन् । तीज गीत प्रतियोगिता शुक्रवार विहान १० बजेदेखि शुरु हुने छ । प्रतियोगितामा प्रथम हुने टोलले ७ हजार ७ सय ७७, द्धितीयले ५ हजार ५ सय ५५, तृतीयले ३ हजार ३ सय ३३ र सान्त्वना हुनेले २ हजार २ सय २२ र १ हजार १ सय ११ रुपैया पाउने छन् । सन्चालन भएको सबै खेल मध्ये सबैभन्दा धेरै मेडल जित्ने समुहले रनिङ शिल्डको उपाधी पाउने हुँदा रनिङ शिल्ड तर्फ प्रथम द्वितीय र तृतीय ले क्रमस २० हजार रनिङ शिल्ड मेडल र प्रमाणपत्र, १५ हजार मेडल र प्रमाणपत्र, १० हजार मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ्न ।

गत वर्षबाट सन्चालनमा आएको यो प्रतियोगिता अन्तर्गत प्रथम तिज कपको उपाधी शिव टोल बिकास सस्थाले हात पारेको छ, प्रतियोगिता सन्चालन सम्बन्धि नियमानुसार कुनै टोलले लगातार ३ बर्ष सम्म प्रथम भै रनिङ शिल्ड जितेमा उक्त टोललाई रु।५० हजार शिल्ड, मेडल र प्रमाणपत्रले सम्मान गरिने वडाध्यक्ष नारायणसिं थापाले बताए । वडा नं। ८ मा कुल ३४ वटा टोल विकास संस्था रहेका छन् ।

प्रतिकृया दिनुहोस