• मंगलबार ६-१-२०८१/Tuesday 09-17-2024
  • 12:57:10
  • ON AIR
  • UP NEXTGyan Amrit

ढोरफिर्दीमा आजदेखि टोलस्तरी रनिङशिल्ड तीज गीत प्रतियोगिता

दुलेगौंडा, २० भदौ । तनहुँको शुक्लागण्डकी–८, गाउँफर्कोदय माविको खेल मैदानमा विहिवारदेखि टोलस्तरीय रनिङशिल्ड तीज गीत प्रतियोगिता हुदै छ । 


नेपाली महिलाको महान पर्वत हरितालिका तीज–२०८१ को अवसरमा शुक्लागण्डकी नगरपालिका वडा नं. ८ को कार्यालयले सो प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा प्रथम हुने टोलले ७ हजार ७ सय ७७, द्धितीयले ५ हजार ५ सय ५५, तृतीयले ३ हजार ३ सय ३३ र सान्त्वना हुनेले २ हजार २ सय २२ र १ हजार १ सय ११ रुपैया पाउने छन् । त्यसै गरि म्युजिकल चियर, घैटो फुटाई, चम्चा गुच्चा दौड र सियो धागो उन्ने प्रतियोगिताको प्रथम द्वितीय र तृतीयले स्थान बमोजिमको मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ्न । सन्चालन भएको सबै खेल मध्ये सबैभन्दा धेरै मेडल जित्ने समुहले रनिङ शिल्डको उपाधी पाउने हुँदा रनिङ शिल्ड तर्फ प्रथम द्वितीय र तृतीय ले क्रमस २० हजार रनिङ शिल्ड मेडल र प्रमाणपत्र, १५ हजार मेडल र प्रमाणपत्र, १० हजार मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ्न ।

गत वर्षबाट सन्चालनमा आएको यो प्रतियोगिता अन्तर्गत प्रथम तिज कपको उपाधी शिव टोल बिकास सस्थाले हात पारेको छ, प्रतियोगिता सन्चालन सम्बन्धि नियमानुसार कुनै टोलले लगातार ३ बर्ष सम्म प्रथम भै रनिङ शिल्ड जितेमा उक्त टोललाई रु.५० हजार शिल्ड, मेडल र प्रमाणपत्रले सम्मान गरिने वडाध्यक्ष नारायणसिं थापाले बताए । वडा नं. ८ मा कुल ३४ वटा टोल विकास संस्था रहेका छन् ।
 

प्रतिकृया दिनुहोस