• मंगलबार ६-१-२०८१/Tuesday 09-17-2024
  • 12:55:55
  • ON AIR
  • UP NEXTGyan Amrit

व्यासमा पोल ढल्दा विद्युत अवरुद्ध, दिउँसो १ बजेसम्म विद्युत सुचारु गर्ने तयारी

दुलेगौंडा, २१ भदौं । पृथ्वीराजमार्ग विस्तारको क्रममा पोल नजिकको जमिन भासिदा व्यासमा दुई वटा पोलमा क्षति पुगेको छ । पोल ढल्दा राती १ बजेदेखि दमौली–खैरेनीटार  ३३ केभी प्रसारण अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण लेखनाथ वितरण केन्द्रका इन्जिनीयर निरोज पौडेलले जानकारी दिए ।


पोल ढल्दा म्याग्दे, शुक्लागण्डकी, भिमाद, रिसिङ, घिरिङ, नवलपुरको बुलिङटार र बौदिकाली गाउँपालिकाका केहि भागमा विद्युत अवरुद्ध भएको छ । ढलेको पोलको ठाउँमा नयाँ पोल हाल्ने काम भइरहेको पौडेलले बताए । उनका अनुसार निरन्तरको वर्षाले काममा बाधा भएको छ । दिउँसो १ बजेसम्म नयाँ पोल हालेर विद्युत सुचारु गर्ने तयारी छ । पौडेलका अनुसार लेखनाथबाट कम क्षमताको विद्युत प्रसारणमा पनि समस्या भएको छ । यसको समाधान भएमा लेखनाथबाट भएपनि केहि समयकालालागि विद्युत सुचारु हुने छ । 
 
 

प्रतिकृया दिनुहोस