• मंगलबार ६-१-२०८१/Tuesday 09-17-2024
  • 01:06:06
  • ON AIR
  • UP NEXTGyan Amrit

दुलेगौंडाको तीज गीत प्रतियोगितामा राधाकृष्ण दिदी बहिनी प्रथम, दुलेगौंडा आमा समुह द्धितीय (भिडियो)

दुलेगौंडा, २१ भदौ । शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघ, वडा व्यवस्थापन समिति वडा नं. ४ ले आयोजना गरेको खुल्ला तीज गीत प्रतियोगितामा पोखरा–३२ लामेआहाल स्थित राधाकृष्ण दिदी बहिनीको समुह प्रथम भएको छ ।

तीजको अवसरमा दुलेगौंडामा शुक्रवार आयोजना गरिएको प्रतियोगितामा दुलेगौंडा आमा समुह द्धितीय भयो । यसैगरी  उन्नतीशिल आमा समुह दुलेगौंडा तृतीय र दिदी बहिनी आमा समुह साँखे सान्त्वना हुन सफल भयो । नृत्यतर्फ हरियाली आमा समुह ढोरफिर्दी र उत्कृष्ट भेषभुषातर्फ अरनिको बोर्डिङ स्कुल घोषित भयो । 


प्रथम भएसँगै राधाकृष्ण दिदी बहिनीको समुहले नगद २५ हजार, द्धितीय स्थान प्राप्त दुलेगौंडा आमा समुहले  १५ हजार, उन्नतीशिल आमा समुहले १० हजार र सान्त्वना भएको दिदी बहिनी समुहले ३ हजार रुपैया साथमा प्रमाणपत्र पाए । अम्विका भट्टराई संयोजक रहेको तीन सदस्यीय निर्णायक मण्डलले निर्णय गरेको हो । प्रतियोगतामा सहभागी उत्कृष्ट नाँच र पोशाकलाई नगद ३ हजार समेत प्रदान गरिएको थियो । हरेक बर्ष दुलेगौंडामा आयोजना गरिने तीज गीत प्रतियोगिताको निरन्तरताको रुपमा प्रतियोगिता आयोजना गरिएको हो  । कार्यक्रममा चर्चित कलाकार पुजा पुरी, हास्यकलाका हरि खरेल लगायतले आफ्नो प्रस्तुती राखेका थिए । 

प्रतिकृया दिनुहोस