• मंगलबार ६-१-२०८१/Tuesday 09-17-2024
  • 01:02:25
  • ON AIR
  • UP NEXTGyan Amrit

चाडपर्व लाग्यो, शुक्लागण्डकी बजार अब सोमवार पनि सुचारु

दुलेगौंडा, १७ भदौ । चाडपर्व नजिकिएसँगै शुक्लागण्डकीमा सोमवार पनि बजार सुचारु भएको छ ।  शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघको आह्रानमा प्रत्येक सोमवार बजार बन्द हुदै आएकोमा चाडपर्वलाई मध्यनजर गर्दै आजदेखि सोमवार पनि बजार सुचारु गर्ने निर्णय गरिएको संघका अध्यक्ष विमल प्रसाद रिमालले जानकारी दिए । उनका अनुसार अर्को सुचना जारी नभएसम्मकालागि अब सोमवार  नियमित रुपमा बजार सुचारु हुने छ ।

प्रतिकृया दिनुहोस