चाडपर्व लाग्यो, शुक्लागण्डकी बजार अब सोमवार पनि सुचारु
दुलेगौंडा, १७ भदौ । चाडपर्व नजिकिएसँगै शुक्लागण्डकीमा सोमवार पनि बजार सुचारु भएको छ । शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघको आह्रानमा प्रत्येक सोमवार बजार बन्द हुदै आएकोमा चाडपर्वलाई मध्यनजर गर्दै आजदेखि सोमवार पनि बजार सुचारु गर्ने निर्णय गरिएको संघका अध्यक्ष विमल प्रसाद रिमालले जानकारी दिए । उनका अनुसार अर्को सुचना जारी नभएसम्मकालागि अब सोमवार नियमित रुपमा बजार सुचारु हुने छ ।
प्रतिकृया दिनुहोस