• मंगलबार ६-१-२०८१/Tuesday 09-17-2024
  • 12:50:35
  • ON AIR
  • UP NEXTGyan Amrit

टोलस्तरीय रनिङशिल्ड तीज गीत प्रतियोगितामा गणेश टोल प्रथम (भिडियो)

दुलेगौंडा, २२ भदौ । तनहुँको शुक्लागण्डकी–८, गाउँफर्कोदय माविको खेल मैदानमा भएको टोलस्तरीय दोस्रो रनिङशिल्ड तीज गीत प्रतियोगितामा गणेश टोल प्रथम भएको छ ।

नेपाली महिलाको महान पर्वत हरितालिका तीज–२०८१ को अवसरमा शुक्लागण्डकी नगरपालिका वडा नं. ८ को कार्यालयले सो प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा प्रथम भएको गणेश टोल १८१ अंकको साथ प्रथम,मिलन टोल १७२ अंकको साथ दोस्रो, शुक्ला टोल १६७.५ अंकको साथ तेस्रो भए । ढोरफिर्दी टोल १६५ अंकको साथ चौथो ( सान्त्वना १) ,उत्तम टोल १६१.५ अंकको साथ पाचौं (सान्त्वना २) भएको छ । प्रथम टोलले ७ हजार ७ सय ७७, द्धितीयले ५ हजार ५ सय ५५, तृतीयले ३ हजार ३ सय ३३ र सान्त्वना हुनेले २ हजार २ सय २२ र १ हजार १ सय ११ रुपैया पाएका छन् । म्युजिकल चियर प्रतियोगिता रातपरेपछि रोकिएकाले शनिवार बाँकी खेल सम्पन्न भएपछी मात्र रनिङ शिल्डको टुंगो लाग्ने वडाले जनाएको छ । सन्चालन भएको सबै खेल मध्ये सबैभन्दा धेरै मेडल जित्ने समुहले रनिङ शिल्डको उपाधी पाउने हुँदा रनिङ शिल्ड तर्फ प्रथम द्वितीय र तृतीय ले क्रमस २० हजार रनिङ शिल्ड मेडल र प्रमाणपत्र, १५ हजार मेडल र प्रमाणपत्र, १० हजार मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ्न । गत वर्षबाट सन्चालनमा आएको यो प्रतियोगिता अन्तर्गत प्रथम तिज कपको उपाधी शिव टोल बिकास सस्थाले हात पारेको थियो । प्रतियोगिता सन्चालन सम्बन्धि नियमानुसार कुनै टोलले लगातार ३ बर्ष सम्म प्रथम भै रनिङ शिल्ड जितेमा उक्त टोललाई रु.५० हजार शिल्ड, मेडल र प्रमाणपत्रले सम्मान गरिने वडाध्यक्ष नारायणसिं थापाले बताए । वडा नं. ८ मा कुल ३४ वटा टोल विकास संस्थामध्य १९ वटा टोलको तीज गीत प्रतियोगितामा सभागिता रहेको थियो । निर्णायक मण्डल संयोजकमा बिष्णु पराजुली, सदस्यहरुमा सरला अधिकारी र देवी महतो थिए । 


यसअघि कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य श्यामराजा महतले तीज गीत महिला दिदीबहिनीको बेदनासँगै महिला सशक्तिकरणको आवाजको रुपमा समेत प्रस्तुत हुन थालेको बताए । नगर उपप्रमुख खुम बहादुर विक राजुले तीज पर्व केबल महिलाको रुपमा मात्र लिन नहुने उल्लेख गरे । वडा नं. ८ का अध्यक्ष नारायणसिं थापाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काङ्ग्रेस वडा नं. ८ का सभापति विपेन्द्रसेन ठकुरी लगायतले बोलेका थिए ।


 विहिवार सम्पन्न घैटो फुटाई प्रतियोगितामा पुजा लम्साल प्रथम, इन्द्र विक द्धितीय र शारदा कुमाल तृतीय भए । सियो धागो उन्ने प्रतियोगितातर्फ विमल विक प्रथम, शिला महत द्धितीय र मनु राना तृतीय भए । चम्चा गुच्चा दौड प्रतियोगितामा माया थापा प्रथम र शुस्मा शाही द्धितीय भएका छन् । 
 

प्रतिकृया दिनुहोस