• शनिबार ४-१२-२०८१/Saturday 07-27-2024
  • 09:30:49
  • ON AIR Gam Besika Bhaka
  • UP NEXTShuklagandaki Samachar

खेलाडीलाई विदाई

दुलेगौंडा, १७ जेठ । जिल्ला भलिबल संघ तनहुँले आयोजना गरेको भलिबल प्रतियोगितामा सहभागि हुन लागेका खेलाडीलाई विदाई गरिएको छ । 


शुक्लागण्डकी नगरपालिकाले बुधवार एक कार्यक्रमकाबीच नगरबाट प्रतिनिधित्व हुन लागेका खेलाडीलाई विदाई गरिएको हो । नगर उप्रमुख खुम बहादुर विक राजु, कार्यपालिका सदस्य सन्तोष विक, शिक्षा तथा खेलकुद विकाश शाखाका शुशिल नराल लगायतले विदाई गरेका थिए । नगर उपप्रमुख खुम बहादुर विक राजुले प्रतियोगितामा विजयीकोलागि शुभकामना दिदै खेल क्षेत्रको विकास र प्रवद्धनमा सधै साथमा रहेको उल्लेख गरे । दमौलीमा हुन लागेको अन्तरपालिका स्तरीय प्रतियोगितामा विहिवारदेखि शुरु हुदै छ । प्रतियोगितामा प्रशिक्षक निशान थापा मगर छन् । प्रतियोगितामा विशालसिह ठकुरीसहित १२ जना खेलाडी सहभागि हुदैछन् । 
 

प्रतिकृया दिनुहोस