• शनिबार ४-१२-२०८१/Saturday 07-27-2024
  • 08:59:46
  • ON AIR Tol Tolma Shuklagandaki
  • UP NEXTNepal Khabar

मेलमिलापकर्तालाई पुनर्ताजकी तालिम प्रदान 

दुलेगौंडा, २८ जेठ । शुक्लागण्डकी नगरपालिकाका मेलमिलापकर्ताहरुलाई पुनर्ताजकी तालिम प्रदान गरिएको छ । नगरपालिकाको न्यायिक समितिमा आउने मुद्धाको निरुपण गर्न महत्वपूर्ण भूमिका खेल्दै आएका मेलमिलाप कर्ताहरुको क्षमतामा निखारता ल्याउन तालिम सञ्चालन गरिएको न्यायिक समितिका संयोजक समेत रहेका नगरपालिकाका उपप्रमुख खुमबहादुर विकले जानकारी दिए ।

तालिमको उद्घाटन गर्दै नगर प्रमुख कृष्णराज पण्डितले हरेक नागरिकलाई न्याय पाएको आभाष हुने गरि काम गर्नुपर्नेमा जोड दिए । उनले नगरपालिकाको न्यायिक समितिले सम्पादन गरेका कामहरुलाई अझै निष्पक्ष बनाउन नगरपालिका प्रतिवद्ध भएर लागेको बताएका थिए । कार्यक्रममा न्यायिक समितीका संयोजक विकले न्यायिक प्रक्रिया सहज बने पनि पूर्ण अधिकार प्राप्त नहुदाँ कार्यन्वयनमा समस्या भएको गुनासो गरे । उनले समितिमा आउने उजुरीलाई मेलमिलापकर्ताबाट सुल्झाउने पहिलो प्रयास भइरहेका जानकारी दिए ।

न्यायिक समितिका सदस्यहरु लक्ष्मीदेवि भण्डारी र कुस्माखर खत्रीले न्याय सम्पादनमा तालिम प्रभावकारी हुने विश्वास ब्यक्त गरे । मंगलवारसम्म चल्ने तालिममा शुक्लागण्डकी नगरपालिकाको सभाहलमा सुरु भएको तालिममा हरि पण्डित र रेशम गिरीले सहजीकरण गरेका छन् । 
 

प्रतिकृया दिनुहोस