• शनिबार ४-१२-२०८१/Saturday 07-27-2024
  • 01:35:59
  • ON AIR Fataurika Guf
  • UP NEXTShuklagandaki Samachar

शुक्लागण्डकीमा अर्ना ६.४ बियर विक्री वितरण सुरु

दुलेगौंडा, २६ जेठ । शुक्लागण्डकीमा नेपालको चर्चित ब्राण्ड यति ब्रुअरीद्वारा उत्पादित अर्ना ६.४ बियर विक्री वितरण सुरु गरिएको छ । चितवनको चैनपुरमा उद्योग रहेको यति ब्रुअरीले आफ्नो नयाँ उत्पादन अर्ना ६.४ लाई बजारमा ल्याएको हो । यो बियरको शुक्लागण्डकी, भिमाद र म्याग्देकालागि आधिकारिक विक्रेता एमएस इन्टरप्राइजेज रहेको छ । बियरका पारखीलाई ध्यानमा राख्दै यस क्षेत्रमा अर्ना ६.४ को विक्री वितरण सुरु गरिएको क्षेत्रीय विक्री प्रवन्धक केदारराज गौलीले जानकारी दिए ।

यसमा ६.४ प्रतिशत अल्कोहलको मात्रा रहेको छ। ‘छक्का चौका भनेको ६.४ प्रतिशत अल्कोहल हो,’ यती ब्रुअरी लिमिटेडले भनेको छ, ‘विषेश थप चाहिँ क्रिकेटको लागि समर्पित गरेर निकालिएको हो। त्यसले गर्दा मानिसहरुमाझ छक्का चौका भनेर पपुलर भएको छ।’ क्रिकेट खेलमा सर्वाधिक प्रयोग हुने छक्का चौका शब्दको प्रयोग गर्दा नेपाली क्रिकेटका समर्थकहरुले यस ब्रान्ड मन पराउनुका साथै व्यापारिक हिसाबले सफल हुने अनुमान गरिएको छ ।कम्पनीका क्षेत्रीय विक्री प्रवन्धक गौलीले भने, ‘यो बियर विशेषगरि क्रिकेट खेलसँग सम्बन्धित रहेर उत्पादन गरिएको छ ।’ यति ब्रुअरीका ब्राण्डहरु अर्ना लाइट, अर्ना प्रिमियम, अर्ना स्ट्रङ, अर्ना ८, शिखर स्ट्रङ, यति ब्लण्ड बजारमा यसअघि नै आइसकेका र लोकप्रिय बनिसकेका छन् । उनका अनुसार नेपालको टि–२० क्रिकेट विश्वकप २०२४ को यात्रालाई उत्सव झैँ मनाउनका लागि यो बियर बजारमा ल्याइएको हो । एमएस इन्टरप्राइजेजका सञ्चालक सुजन कुमार श्रेष्ठले यो बियर यस क्षेत्रका तीन वटै पालिकाका प्रमुख मदिरा पसलमा उपलव्ध भइसकेको जानकारी दिए । उनले बियरको प्रचार प्रसारको काम पनि भइरहेको उल्लेख गरे ।  श्रेष्ठले अर्ना ६.४ बियरमा पुलअफ क्यापसहित तीन सय ३० मिलिलिटर र छ सय ५० मिलिलिटरको बोतलमा उपलब्ध बताए ।

प्रतिकृया दिनुहोस