• आइतबार ५-२३-२०८१/Sunday 09-08-2024
  • 08:02:39
  • ON AIR Badlido Nepal
  • UP NEXTNepal Khabar

नेविसंघको ‘लिडर्स वीथ स्टुडेन्टस’

दुलेगौंडा, २६ जेठ । नेपाल विद्यार्थी संघले दुलेगौंडामा विद्यार्थीसँग अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकाको सभाहलमा ‘लिडर्स वीथ स्टुडेन्टस’ विषयमा भएको कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

वर्तमान समयमा शिक्षाको अवस्था र योजनाबारे भएको कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य एवम् पूर्व मन्त्री जित प्रकाश आले, प्रदेश सभा सदस्य डिल्लीराम सुवेदी, नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डित, उपप्रमुख खुम बहादुर विक राजु, प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादे, राजनितिक दलकातर्फबाट नेपाली काङग्रेसका कृष्ण प्रसाद रेग्मी, नेकपा एमालेका धनेश्वर श्रेष्ठले विद्यार्थीले सोधेका प्रश्नको जवाफ दिएका थिए ।

नेपाल विद्यार्थी संघ तनहुँका अध्यक्ष सुरज लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार हरि खरेलले सहजिकरण गरेका थिए । कार्यक्रममा १२ विद्यालयका १ सय ५० बढि विद्यार्थीको सहभागिता रहेको थियो । सो अवसरमा त्रिभुवन विश्वविश्वविद्यालय अन्तर्गत बीबीएस प्रथम वर्षको नतिजामा गण्डकीमै उत्कृष्ट नतिजा ल्याउन सफल भानुभक्त बहुमुखी क्याम्पस बेलचौताराकी छात्रा रुचि कार्कीलाई सम्मान गरिएको थियो ।  

प्रतिकृया दिनुहोस