• शुक्रबार १-२८-२०८१/Friday 05-10-2024
  • 07:02:46
  • ON AIR Shuklagandaki Samachar
  • UP NEXTBBC Nepali Sewa Bihani Sewa

पञ्चमुनिदेव माविका २ विद्यार्थीले बनाए ड्रोन (भिडियो सहित)

राजन उपाध्याय
दुलेगौडा, १० साउन  । पञ्चमुनिदेव माविमा अध्ययनरत २ विद्यार्थीले ड्रोन बनाएर उडाएका छन् । शुक्लागण्डकी–२, गाछेपानी घर भई हाल पञ्चमुनिदेव मावि कक्षा ९ र १० मा अध्ययनरत २ दाजुभाइले ड्रोन बनाएका हुन् । सफल सापकोटा कक्षा ९  र सन्जोग सापकोटा कक्षा १० मा अध्ययनरत छन् ।  

‘घरमा केहि बनाउने अभ्यास गरिन्थ्योे, उड्ने चिज बनाउन सुझाव दिन्थे, दुबैले बनाउने अभ्यास गरिरहन्थ्यौं, तर हुन्थेन सफलले भने– हामीले निरन्तर कोशीस गरिरह्यौं ।’ त्यसपछि उनीहरुले सामाजिक सञ्जालको सहयोग लिए ।  ड्रोनका बारेमा थप जानकारी पाएपछि बनाउन हौसला मिल्यौ, सफलले  अगाडी थपे– ‘अर्को एक जना दाइलाई युट्युबमा ड्रोन बनाएको भेट्टाए, सम्पर्क गरि सामान मगायौं, यहि आधारमा हेर्दै बनाएका हौ ।’

उनीहरुले परिक्षापछिको विदामा करिव २० हजार रुपैया खर्चेर बनाएका हुन् । विभिन्न सामान आमाबुबाले दिएको पैसाले खरिद गरि बनाएको सन्जोगले जानकारी दिए । ड्रोन ५० फिट उचाई र ५५ मिटर वरपरसम्म उड्ने उनले दाबी गरे । यसको तौल ७० ग्राम रहेको छ । रिसीभर, ४ वटा गेर बक्स, ४ वटा मोटर, १ बेट्री, क्यामेरा लगायत प्रयोग गरिएको छ । रिमोटले ड्रोनलाई नियन्त्रणमा राख्ने गर्दछ । सो रिमोट किनेर ल्याएको र सबैलाई काम गर्ने उनीहरुले भनाई छ । 
हाल उनीहरुले उडाउन अभ्यास गरिरहेका छन् । ‘फराकिलो स्थानमा ड्रोनलाई कसरी नियन्त्रणमा राख्ने, कसरी सुरक्षित अवतरण गर्ने भनेर अभ्यास गरिरहेका छौं, शुक्रवार विद्यालयमा सबै साथीहरुको बीचमा सार्वजनिक उडाएर देखाउछौं,’ गाछेपानीमा उडाएर अभ्यासका क्रममा सञ्जोगले  भने । सानैदेखि प्रविधितर्फ चासो राख्ने उनीहरुले रिमोट, कन्ट्रोल, ट्रक, डोजर पनि बनाएका छन् । 
विद्यालयका प्रधानाध्यापक ध्रुव कुमार मल्लले विद्यार्थीको प्रतिभालाई प्रस्फुटन सहयोग गर्ने बताए । ‘त्यसैले शुक्रवार उनीहरुले बनाएका प्रविधिको प्रदर्शन गर्दै छौं उनले भने– ‘उनीहरुलाई आवश्यक पर्ने आर्थिकसँगै अरु सहयोग गर्न विद्यालय तयार छ, जसले उनीहरुलाई थप हौसला थप्ने छ ।’


 

प्रतिकृया दिनुहोस