• आइतबार १-१६-२०८१/Sunday 04-28-2024
  • 03:37:02
  • ON AIR
  • UP NEXTBhakti Darshan

डि.जि लिंकको सेवा पाल्पा रामपुर ठुलीबेसीमा पनि

दुलेगौंडा, २७ माघ । तनहुँको शुक्लागण्डकीमा मुख्य कार्यालय रहेको इन्टरनेट सेवा प्रदायक डि.जि लिंक नेटवर्कले आफ्नो सेवा पाल्पा रामपुर नगरपालिका वडा नम्बर १ ठुलीबेसीमा विस्तार गरेको छ । बुधबार देखि उक्त स्थानमा ग्राहकहरू लाई इन्टरनेट जडान गर्न सुरु गरेको हो ।

कम्पनीले शुक्लागण्डकी र भिमाद नगरपालिका, घिरिङ र म्याग्दे गाउँपालिका, पोखरा महानगरपालिकाको केही क्षेत्रमा सेवा प्रदान गर्दै आएकोमा सेवा विस्तार गर्दै ठुलीबेसीमा पनि आफ्नो सेवा प्रदान गर्न थालेको हो । शुक्लागण्डकीमा मुख्य कार्यालय रहेको कम्पनीले भिमाद समेत सम्पर्क कार्यालय स्थापना गरी सेवा दिँदै आएको छ । चालु आर्थिक  वर्ष भित्रै घिरिङको पुटारमा कार्यालय स्थापना गर्ने तयारी भइरहेको छ । कम्पनीले यसै वर्षभित्र केही थप स्थानमा पनि सेवा विस्तार गर्ने गरी काम भइरहेको सञ्चालक निर्देशक मदन केसीले बताए ।

कम्पनीले १०० एमबीपीएसको इन्टरनेट सम्पूर्ण करसहित हएक जार रुपैयाँमा र १५० एमबीपीएसको ईन्टरनेट सम्पूर्ण करसहित १ हजार २ सय रूपैयाँमा र २०० एमबीपीएसको ईन्टरनेट सम्पूर्ण करसहित १ हजार ३ सय ५० रुपैयाँमा उपलब्ध गराउँदै आएको छ । 

प्रतिकृया दिनुहोस