दुलेगौंडामा ‘बजाजको झ्याम्मै एक्सचेन्ज मेला’ शुरु
दुलेगौंडा, २९ भदौ ।
तनहुँको दुलेगौंडामा ‘बजाजको झ्याम्मै एक्सचेन्ज मेला’ शुरु भएको छ । आइतवारदेखि वनकेवाचोकमा शुरु मेला असोज २ गतेसम्म सञ्चालन हुने छ । मेलामा ग्राहकले बजाज बाइक नागरिकताको आधारमै ५ वर्ष सम्मको फाइनान्स सुबिधा लिएर खरिद गर्न सक्ने यस क्षेत्रको आधिकारिक विक्रेता शुभेच्छा अटो वक्र्सका सञ्चालक शरद श्रेष्ठले जानकारी दिए ।
शून्य सर्भिस चार्ज, अन द स्पट फाइनान्स, थप ७ हजार रुपैया अतिरिक्त भ्यालुएसन र आर्कषक नगद छुट सहितको यो योजना ल्याएको कम्पनीले जनाएको छ ।
मेलामा कुनैपनि कम्पनीको पुरानो बाईक वा स्कुटरको अधिकतम भ्यालुएसन हुनेछ । कम्पनीले यस खालको एक्सचेन्ज मेलामा ग्राहकहरूको पुरानो बाइकको उचित र उच्चतम मूल्यांकन गर्न विशेष भ्यालुएटरहरू समेत आएको बताएको छ । यी अनुभवी भ्यालुएटरहरूले ग्राहकहरूको बाइकको न्यायोचित मूल्यांकन गरी कम्पनीको तर्फबाट थप ७ हजार रुपैयाँ सम्मको बोनस भ्यालुएसन ग्राहकहरुले पाउँनेछन ।









प्रतिकृया दिनुहोस