• आइतबार ६-४-२०८३/Sunday 09-20-2026
  • 03:11:40
  • ON AIR Nepal Khabar
  • UP NEXTBollyhood Express

हरितालिका तीजमा दुलेगौंडा र खैरेनीटार तीज गीत प्रतियोगिता हुदै

दुलेगौंडा, २९ भदौ । नेपाली दिदी बहिनीहरुको महान पर्व हरितालिका तीजको अवसरमा आज शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघ वडा व्यवस्थापन समिति वडा नं. ४, ६ र ७ ले दुलेगौंडा र खैरेनीटारमा  खुल्ला तीज गीत प्रतियोगिता आयोजना गरेका छन् । 
वडा व्यवस्थापन समिति वडा नं. ४ ले दुलेगौंडा र वडा व्यवस्थापन समिति वडा नं. ६ र ७ ले संयुक्त रुपमा खैरेनीटारमा प्रतियोगिता आयोजना गरेका हुन् । 
दुलेगौंडामा आयोजित प्रतियोगितामा प्रथम हुने समुहले नगद २५ हजार, द्धितीयले १५ हजार, तृतीयले १० हजार र सान्त्वना हुने समुहले ५ हजार रुपैया साथमा प्रमाणपत्र प्राप्त गर्ने वडा व्यवस्थापन समितिका सचिव उपेन्द्रलाल श्रेष्ठले जानकारी दिए । साथै उत्कृष्ट नृत्य र भेषभुषालाई नगद २ हजार र प्रत्येक सहभागी समुहलाई १५ सय र प्रमाणपत्र प्रदान गरिने श्रेष्ठले बताए । खैरेनीटारमा आयोजित प्रतियोगितामा पनि प्रथम हुने समुहले नगद २५ हजार, द्धितीयले १५ हजार, तृतीयले १० हजार र सान्त्वना हुने समुहले ५ हजार रुपैया साथमा प्रमाणपत्र प्राप्त गर्ने वडा नं. ७ का सभापति सुरेन्द्र श्रेष्ठले बताए । उत्कृष्ट नृत्य र भेषभुषातर्फ २÷२ हजार रुपैया रहेको छ भने सहभागिबापत  प्रत्येक समुहले २ हजार रुपैया पाउनेछन् । खैरेनीटारमा विद्यालयस्तरीय नृत्य प्रतियोगिता समेत समावेश गरिएको छ । नृत्यतर्फ प्रथम, द्धितीय र तृतीय हुनेले क्रमशः ७ हजार ५ सय, ५ हजार र ३ हजार रुपैया पाउने वडा नं. ६ का सभापति रविन्द्रराज पौडेलले बताए । दुबै कार्यक्रममा राष्ट्रिय कलाकारको सहभागितामा सांगितिक कार्यक्रम हुने आयोजकले जनाएका छन् ।  
 

प्रतिकृया दिनुहोस