• आइतबार ६-४-२०८३/Sunday 09-20-2026
  • 03:11:27
  • ON AIR Nepal Khabar
  • UP NEXTBollyhood Express

तनहुँमा मन्टेस्वरी तथा प्रि(स्कुलहरूको जिल्ला स्तरीय संगठन गठन

दुलेगौंडा ४ असोज ।
तनहुँ जिल्लामा सञ्चालित मन्टेस्वरी तथा प्रि(स्कुलहरूको भेलाले जिल्लास्तरीय संगठन गठन गरेको छ। जिल्लाका विभिन्न मन्टेस्वरी तथा प्रि(स्कुलका सञ्चालक तथा प्रतिनिधिहरूको उपस्थितिमा सम्पन्न भेलाले प्रारम्भिक बालशिक्षाको गुणस्तर अभिवृद्धि, संस्थाबीचको सहकार्य तथा साझा समस्याको समाधानका लागि संगठित रूपमा अघि बढ्ने निर्णय गरेको हो।

भेलाबाट सरिता न्यौपानेको अध्यक्षतामा कार्यसमिति गठन गरिएको छ। समितिको उपाध्यक्षमा निसा कँडेल, सचिवमा सुदर्शन गोदार र कोषाध्यक्षमा कुसुम रखाली चयन हुनुभएको छ। त्यस्तै सदस्यहरूमा राधा लम्साल, शारदा न्यौपाने र मौसमी सेन चयन हुनुभएको छ।

भेलामा जिल्लाका विभिन्न मन्टेस्वरी तथा प्रि(स्कुलका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। साधारण सदस्यका रूपमा किड्स मन्टेश्वरीबाट विद्या सिग्देल, जेनेसिस किन्डरवल्र्डबाट सुशिला राई, ज्ञान बाटिकाबाट दिलु थापा, बेबी गार्डेनबाट मञ्जु क्षेत्री, बालबाटिका एकेडेमीबाट लक्ष्मी ठकुरी, बेबील्याण्ड मन्टेश्वरी स्कुलबाट राधा लम्साल, शान्तिदान मन्टेस्वरीबाट शान्ती कुमारी दरै तथा भानु संस्कार प्रि(स्कुलबाट निसा कँडेल सहभागी हुनुभएको थियो।

नवगठित संगठनले तनहुँ जिल्लामा सञ्चालित मन्टेस्वरी तथा प्रि(स्कुलहरूबीच आपसी समन्वय र सहकार्य बढाउँदै बालबालिकाको प्रारम्भिक शिक्षालाई थप व्यवस्थित, गुणस्तरीय र बालमैत्री बनाउने उद्देश्य राखेको जनाएको छ।

संगठनले आगामी दिनमा मन्टेस्वरी तथा प्रि(स्कुलसँग सम्बन्धित साझा विषयमा छलफल, शिक्षक तथा सञ्चालकहरूको क्षमता अभिवृद्धि, अनुभव आदानप्रदान तथा आवश्यक कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।

भेलाले प्रारम्भिक बालशिक्षाको विकासमा निजी क्षेत्रबाट सञ्चालित मन्टेस्वरी तथा प्रि(स्कुलहरूको भूमिकालाई थप प्रभावकारी बनाउँदै जिल्लाभरका संस्थाहरूलाई एउटै साझा उद्देश्य र सहकार्यको भावनामा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ। 

प्रतिकृया दिनुहोस