• आइतबार १-१६-२०८१/Sunday 04-28-2024
  • 05:26:19
  • ON AIR Shuklagandaki Samachar
  • UP NEXTKayakairan

आइसिटी कक्षाबारे बुझ्न नवलपुरका शिक्षक खैरेनी माविमा 

खैरेनीटार माघ ८ । कोरोना महामारीका बेला सुचना र प्रविधिको उपयोग गरी नमुना कक्षा सञ्चालन गरेको तनहुँको खैरेनीटारस्थित खैरेनी माविमा नवलपुरका प्रधानाध्यापकहरुले अवलोकन गरि अन्तरक्रिया गरेका छन् ।


शिक्षा विकास तथा समन्वय एकाई नवलपुरका प्रमुख कृष्णचन्द्र पोख्रेलको नेतृत्वमा बुधवार आएको सामुदायिक विद्यालयका प्रधानाध्यापकको टोलीले विद्यालयले सञ्चालन गरेका आइसीटी कक्षाबारे जानकारी लिएको हो । सो अवसरमा एकाई प्रमुख पोख्रेलले जिल्लामा मात्र नभई गण्डकी प्रदेशमै यस विद्यालयले आइसीटी कक्षा सञ्चालनमा उल्लेख्य योगदान पु¥याएको बताए ।

भिमसेन आदर्श माविका प्रधानाध्यापक एव्म भ्रमण टोलीका संयोजक नरदेव न्यौपानेले समय अनुसार प्रविधिको उपयोग गर्न सके सामुदायिक विद्यालयमा पनि विद्यार्थीको आकर्षण बढ्ने उल्लेख गरे ।


खैरेनी माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्धि बहादुर थापाले व्यवस्थापनको पाटोबारे जानकारी दिएका थिए । विद्यालयका प्रधानाध्यापक केशवराज घिमिरले कोरोनाका कारण भएको लकडाउनमा समेत दैनिक ६६ वटा कक्षा सञ्चालन गरिएको स्मरण गरे ।


कार्यक्रममा एकाई प्रमुख पोख्रेल र प्रअ संयोजक न्यौपानेलाई विद्यालयकोतर्फबाट मायाको चिनो प्रदान गरिएको थियो । नवलपुरका उत्कृष्ट सामुदायिक विद्यालयका २५ प्रधानाध्यापकहरुको अवलोकन भ्रमणमा सहभागिता रहेको थियो ।

उनीहरुले आइसीटी कक्षा, स्मार्ट टिभी, मिराकाष्ट, इ–पुस्तकालय आदि प्रविधिबारे जानकारी दिएका थिए । ५२ वर्षअघि स्थापना भएको खैरेनी माविमा हाल कक्षा १२ सम्म १ हजार १ सय ३७ विद्यालय अध्ययनरत छन् ।
 

प्रतिकृया दिनुहोस