बेलचौतारा खानेपानीको २६ औं वार्षिक साधारण सभा
दुलेगौंडा, १४ कार्तिक । बेलचौतारा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको २६ औं वार्षिक साधारण सभा शनिवार बेलचौतारामा सम्पन्न भएको छ ।
शुक्लागण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डितले साधारण सभाको उद्घाटन गरे । खानेपानी समितिका अध्यक्ष काशी प्रसाद जोशीको अध्यक्षतामा भएको कार्यक्रममा शुक्लागण्डकी नगरपालिका वडा नं। ५ का अध्यक्ष दिर्घ बहादुर थापा, खानेपानीका सल्लाहकार बाबुराम कार्की लगायतले बोलेका थिए । उपाध्यक्ष ढाकाराम गिरीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव नवराज श्रेष्ठले गरेका थिए । कोषाध्यक्षको प्रतिवेदन सरस्वती पोख्रेलले प्रस्तुत गरेकी थिइन् । सो खानेपानीमा हाल करिव १ हजार ३ सय उपभोक्ता छन् ।









प्रतिकृया दिनुहोस