सगरमाथा सहकारीको पदस्थापन कार्यक्रम
दुलेगौंडा, १२ कार्तिक । सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्लागण्डकी – ६ खैरेनटार तनहुँको १५ औँ साधारण सभा तथा पाँचौं अधिवेशनले निर्विरोध निर्वाचित भएका सञ्चालक समिति तथा लेखा समितिलाई पदस्थापन गरिएको छ । निर्वाचन संयोजक युवराज भट्टराईले बुधवार पदस्थापन गराएका हुन् ।
कार्यक्रममा निवर्तमान अध्यक्ष बाबुलाल श्रेष्ठले वर्तमान अध्यक्ष सन्तोष घिमिरेलाई, निवर्तमान सचिव कमलमोहन घिमिरेले वर्तमान सचिव सुजनराज पौडेललाई र निवर्तमान कोषाध्यक्ष सुजनराज पौडेलले वर्तमान कोषाध्यक्ष धनप्रसाद पोख्रेललाई पद हस्तान्तरण गरेका थिए। त्यस्तै वर्तमान उपाध्यक्ष कमलमोहन घिमिरे, सदस्यहरू शिवदत्त ढकाल, केदार भक्त घिमिरे, कुमारी राना, सरिता राना र मञ्जु तिम्सिनालाई पदस्थापन गराइएको हो ।
लेखा समिति संयोजक आकाश थापा , सदस्यहरू सन्तोष पौडेल र विष्णु श्रेष्ठलाई समेत निर्वाचन संयोजक युवराज भट्टराईले पदस्थापन गराएका थिए। कार्यक्रममा पहिलो चरणको कार्यक्रमको अध्यक्षता निवर्तमान अध्यक्ष बाबुलाल श्रेष्ठले गरेका थिए भने सञ्चालन सचिव कमलमोहन घिमिरेले गरेका थिए । कार्यक्रममा प्रमुख सल्लाहकार एवं संस्थापक अध्यक्ष केशवराज घिमिरे, प्रबन्धक सुजाता तिम्सिना, शिवदत्त ढकाल लगायतले बोलेका थिए।सन्तोष घिमिरेको अध्यक्षता रहेको कार्यक्रममा स्वागत उपाध्यक्ष कमलमोहन घिमिरे र सञ्चालन सचिव सुजन पौडेलले गरेका थिए।









प्रतिकृया दिनुहोस