• शनिबार २-५-२०८१/Saturday 05-18-2024
  • 06:54:57
  • ON AIR Tol Tolma Shuklagandaki (Repeat)
  • UP NEXTShuklagandaki Samachar

लियो क्लव अफ दुलेगौंडा खैरेनी सिटीका अध्यक्ष विवेकले गरे जिम्मेवारी बाडँफाड

दुलेगौंडा, २२ बैशाख । लियो क्लव अफ दुलेगौंडा खैरेनी सिटीको वर्ष २०२४÷२५ कालागि अध्यक्षमा निर्वाीचत विवेक वाग्लेले जिम्मेवारी बाडँफाड गरेका छन् । क्लव अध्यक्ष वाग्लेले सर्वसम्मत अध्यक्षमा निर्वाचित गराएकोमा धन्यवाद दिदै क्लवकाक उदेश्य र लक्ष्यमा पुग्न सबैको साथ र सहयोगकोलागि अपिल पनि  गरेका छन् । 


क्लवको निवर्तमान अध्यक्षमा विवेक बानीया, प्रथम उपाध्यक्षमा सुसन पौडेल, द्धितीय उपाध्यक्षमा भैरव आले, सचिवमा प्रविण श्रेष्ठ रहेका छन । यसैगरी कोषाध्यक्षमा क्षितिज पौडेल, सहसचिवमा उमराज खनाल, सहकोषाध्यक्षमा देवेन्द्र श्रेष्ठ रहेका छन् । 


अखा शिविर संयोजकमा सुसन पौडेल, प्रविण श्रेष्ठ र विपिन रिमाल, मिडियामा समिप शर्मा, वातावरणमा सफल तिमील्सीना, शिक्षामा क्षितिज पौडेल, बाल तथा महिला सशक्तिकरणमा प्रिति तिवारी र स्वास्थ्यमा नविन तिमिल्सीनालाई जिम्मेवारी दिइएको  क्ल्व अध्यक्ष विवेक वाग्लेले जानकारी दिए । साथै क्ल्व डाइरेक्टरमा कविराज खनाल र सपना तिवारी रहेका छन् । 

प्रतिकृया दिनुहोस