• शनिबार ४-१२-२०८१/Saturday 07-27-2024
  • 01:15:59
  • ON AIR Fataurika Guf
  • UP NEXTShuklagandaki Samachar

जेठको अन्तिम साता जेसिज कप–२०८१ अन्तर्गत फुटसल प्रतियोगिता हुने

दुलेगौंडा, ३ जेठ । शुक्लागण्डकी जेसिजले दोस्रो जेसिज कप–२०८१ अन्तर्गत फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ । 


खेल कौशलका साथै एक आपसमा भातृत्व विकास गर्ने उदेश्यले आगामी जेठ २६ गते वडा नंं ५ बेलचौताराको फुटसल मैदानमा प्रतियोगिता हुने प्रतियोगिता सहसंयोजक भिष्म श्रेष्ठले जानकारी दिए । 


प्रतियोगितामा प्रथम हुनेले २४ हजार २४ रुपैया र द्धितीय हुनेले १४ हजार २४ रुपैया प्राप्त गर्ने बुधवार दुलेगौंडामा आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकर्ता, उत्कृष्ट गोल रक्षकलाई पनि विशेष पुरस्कारको व्यवस्था गरिएको छ । जेसिजका पूर्व अध्यक्षसँग एक आपसमा भेटभाट गराउने उदेश्यले पूर्व अध्यक्षबीच मैत्रिपूर्ण खेल हुने पूर्व अध्यक्ष एवम् आर्थिक संयोजक मदन श्रेष्ठले जानकारी दिए ।


आगामी जेठ २४ गतेभित्र समुह दर्ता गरिनुपर्ने छ । प्रतियोगितामा २४ समुह मात्र सहभागि रहने क्लवले जनाएको छ । शुक्लागण्डकी जेसिजका अध्यक्ष रमेश भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा जेसी प्रकाश विक लगायतले बोलेका थिए । 
 

प्रतिकृया दिनुहोस