• शुक्रबार ७-२-२०८१/Friday 10-18-2024
  • 12:07:51
  • ON AIR Nepal Khabar
  • UP NEXTYour Choice

शुक्लागण्डकीमा बाम भेटघाट तथा शुभकामना आदनप्रदान

दुलेगौंडा, २८ असोज । चाडपर्वको अवसरमा बाम घटक शुक्लागण्डकीले बाम भेटघाट तथा शुभकामना आदनप्रदान कार्यक्रम दुलेगौंडामा सोमवार सम्पन्न गरेको छ । 

बामबुद्धिजिवी शेषमणि आचार्य लगायतले २०५१ सालदेखि शुरु गरेको बाम एकता भेटघाट कोभिडको समयबाहेक प्रत्येक वर्ष आयोजना हुदै आएको छ । कार्यक्रममा बोल्दै बरिष्ठ बाम बुद्धिजिवी एवम् पत्रकार विश्वबन्धु भण्डारीले कम्युनिष्टहरुले आफ्नो आचारणमा ध्यान दिनुपर्नेमा जोड दिए । 

कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश सदस्य कमल ढकाल, श्यामराजा महत, बामपन्थी नेता जनादर्न वियोगी लगायतले कम्युनिष्ट पार्टीहरु एक हुनुको विकल्प नभएको बताएका थिए । सहभागी बाम नेताहरुले व्यक्तिगत हित र स्वार्थमा केन्द्रित भन्दा देशको विकास र समृद्धिमा केन्द्रित रहन सुझाव दिए । नेकपा एमाले शुक्लागण्डकी नगर कमिटी अध्यक्ष रघुनाथ पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एस शुक्लागण्डकी नगर कमिटी अध्यक्ष राम बहादुर क्षेत्री थापा, नेकपा जिल्ला सेक्रेटरी विलास सी लगायतले बोलेका थिए । 

सो भेटघाटले बाम घटक पार्टीबीच कार्यगत एकता गर्ने र नगरभित्र रहेका विकृति विसंगति,भ्रष्टचारविरुद्ध एक हुने निर्णय समेत भएको नेकपा एमाले शुक्लागण्डकी नगर कमिटिका अध्यक्ष पौडेलले जानकारी दिए । 
 

प्रतिकृया दिनुहोस