• शुक्रबार ७-२-२०८१/Friday 10-18-2024
  • 11:58:57
  • ON AIR Hello Shuklagandaki
  • UP NEXTNepal Khabar

शुक्लागण्डकी नगर उद्योगको वाणिज्य संघको मनोनयन आज, नेतृत्वकोलागि समुन्द्रराम र सुजित भिड्ने

दुलेगौंडा, २९ असोज ।  दशै नसकिदै शुक्लागण्डकीका व्यवसायीहरुलाई चुनावी सरगर्मि शुरु भएको छ ।   यस क्षेत्रका व्यवसायीहरुको छाता संगठन शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघको अधिवेशन कार्तीक ३ गते शनिवार हुदै छ ।  यसकालागि मनोनयन मंगलवार भइरहेको छ । नगर उद्योग वाणिज्य संघको सचिवालयमा विहान १० देखि साँझ ५ बजेसम्म मनोनयनको समय तोकिएको निर्वाचन समिति संयोजक भानुभक्त सुवेदीले जानकारी दिए । 


मातहतका वडा व्यवस्थापन र महिला उद्यमी विकास समितिले नयाँ नेतृत्व पाइएसकेको छ  । वडा नंं. २, ४, ५, ६ र ७ नंं. नयाँ वडा व्यवस्थापन समिति सभापति सर्वसम्मत निर्वाचित भए । बाँकी वडाहरुमा न्यूनतम ५० सदस्यले व्यवसाय नविकरण नगरेकाले निर्वाचन हुन सकेन छ । सहमति हुन नसकेपछि महिला उद्यमी विकास समितिको सभापति र उपसभापतिमा निर्वाचन भएको थियो । बाँकी पदाधिकारी र सदस्य भने सर्वसम्मत भएको थियो । 


वर्तमान अध्यक्ष विमल प्रसाद रिमाल आगामी नेतृत्वकोलागि पुनः इच्छुक छैनन् । नगरको अध्यक्षमा हालका बरिष्ठ उपाध्यक्ष समुन्द्रराम श्रेष्ठ र उपाध्यक्ष सुजित हिराचनले दाबी गरेका छन् ।  दुबै वडा नंं ७ खैरेनीटारका व्यवसायी हुन् । एउटै वडा त्यसमा पनि २ सटरको फरकमा व्यवसाय सञ्चालन गरिररहेका श्रेष्ठ र हिराचनको संघको नेतृत्वको दाबीले पनि रौनक थपेको छ ।  तनहुँ उद्योग वाणिज्य संघ खैरेनीटार बजार इकाईका पूर्व अध्यक्ष श्रेष्ठ विभिन्न सामाजिक क्षेत्रमा क्रियाशिल छन् । इकाईको पूर्व उपसभापति भएका हिराचन आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद तनहुँका अध्यक्ष हुन् । श्रेष्ठ नेपाली काङग्रेस निकट हुन भने हिराचन नेकपा एमाले निटक हुन् । अन्य पदाधिकारीमा पनि प्यानलनै खडा हुने सम्भावना बढेर गएको छ । संघको चुनावमा नेपाली काङग्रेस र नेकपा माओवादी केन्द्र निकटका व्यवसायी मिलेर प्यानल खडा भएकोे छ भने अर्कोतर्फ नेकपा एमाले निकटका व्यवसायीको अर्को प्यान खडा भएको छ । 


श्रेष्ठको नेतृत्वतर्फ बरिष्ठ उपाध्यक्षमा सुमन सापकोटा, वाणिज्य उपाध्यक्षमा प्रकाश थापा र उद्योग उपाध्यक्षमा देवेन्द्र ढुंगाना, महासचिवमा पूर्ण बहादुर कायस्थ,उपमहासचिवमा मित्रबन्ध पौडेल र कोषाध्यक्षमा रजनी थापाले उम्मेदवारी दिएका छन् । यसैगरी हिराचनको टिमबाट बरिष्ठ उपाध्यक्षमा नारायण कुमार श्रेष्ठ, वाणिज्य उपाध्यक्षमा आनन्द सुन्दर श्रेष्ठ, महासचिवमा सुजन कुमार श्रेष्ठ, उपमहासचिवमा विर्सना श्रेष्ठ र कोषाध्यक्षमा कमल गैह्रेले उम्मेदवारी दिएका छन् । हिराचनको टिमबाट उद्योग उपाध्यक्षको उम्मेदवारीको टुंगो लागिसकेको छैन् । सदस्यहरुमा पनि दुबै समुहको प्यानल बनेको छ । 


शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघमा कुल ८ सय बढि सदस्य मतदाता छन् । करिव तीन वर्षसम्म शुक्लागण्डकीमा दुई नगरस्तरीय उद्योग वाणिज्य संघ अस्तित्वमा रहेकोमा २०७८ चैतको दोस्रो साता एक भएका थिए । संस्थाका वशन्त ज्वारचन र हरि कुमार श्रेष्ठ संस्थापक अध्यक्ष हुन् । नगर उद्योग वाणिज्य संघ एक भएपछि भएको भेलाले विमल प्रसाद रिमालको नेतृत्वमा नयाँ समिति चयन गरेको थियो ।
 

प्रतिकृया दिनुहोस