• शनिबार ३-९-२०८१/Saturday 06-22-2024
  • 03:07:37
  • ON AIR Nepal Khabar
  • UP NEXTFilmy Parda

प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनामा बृृद्धि

काठमाडौँ, वैशाख २६ । गत वर्ष देशभर प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनामा बृद्धि भएको पाइएको छ ।  मे २०२३ देखि अप्रिल २०२४ सम्मको एक वर्ष तथ्याङ्क विश्लेषणसहित फ्रिडम फोरमले तयार पारेको प्रतिवेदनअनुुसार प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनामा बढोत्तरी पाइएको छ । अनुगमन प्रतिवेदनले प्रेस स्वतन्त्रता उल्लङ्घनका ६० घटनाहरूमा ८८ पत्रकारहरू प्रत्यक्ष प्रभावित भएको उल्लेख गरेको छ ।यो भन्दा अघिल्लो वर्ष अर्थात् २०२३ मे ३ को प्रतिवेदनअनुसार नेपालमा ४० वटा प्रेस स्वतन्त्रता उल्लंघनका घटना भएका थिए ।


यस वर्षका ६० उल्लङ्घनमध्ये आक्रमण÷हातपातका २१ घटना, समाचार सङ्कलनमा अवरोध र तोडफोड सहित ७ घटना, दुव्र्यवहारका ८ घटना, २२ वटा धम्की÷ज्यान मार्ने धम्की रहेका छन् । यस अवधिमा दुई सञ्चार माध्यममाथि आक्रमण भएको थियो भने एकमा तोडफोड । नौ सञ्चारकर्मीहरुलाई सामाजिक सञ्जालमार्फत धम्किपूर्ण सन्देश आएको थियो । 
यी घटनामध्ये सबैभन्दा धेरै घटना (२४ वटा) देशको संघीय राजधानी काठमाडौँ रहेको बागमती प्रदेशमा र त्यसपछि मधेश प्रदेशमा १२ वटा प्रेस स्वतन्त्रता उल्लङ्घनका घटना भएका थिए । कोशी प्रदेशमा ११, गण्डकी प्रदेशमा ७, लुम्बिनी प्रदेशमा ३, कर्णाली प्रदेशमा १ र सुदूरपश्चिम प्रदेशमा २ वटा प्रेस स्वतन्त्रता उल्लङ्घनका घटना फ्रिडम फोरमले रेकर्ड ग¥यो । बागमती प्रदेशमा भएका घटनामा ४१ पुरुष, ७ महिला पत्रकार र २ सञ्चारगृह प्रभावित भएका थिए । 


कुल प्रभावित पत्रकारहरूमध्ये २४ जना अनलाइन सञ्चारमाध्यममा कार्यरत थिए भने १६ टिभि, १३ छापा, दुई रेडियो र दुईजना स्वतन्त्र सञ्चारकर्मी थिए । अधिकांश घटनामा सुरक्षाकर्मीबाट ३५, राजनीतिक कार्यकर्ताबाट १४, सरकारी कर्मचारीबाट १३ र अपराधी÷गुण्डाबाट ७ पत्रकार प्रभावित भएका छन् । साथै, १९ जना सञ्चारकर्मी व्यवसायी, स्थानीय, ठेकेदार लगायतबाट प्रभावित भएका छन् ।
समग्रमा प्रेस स्वतन्त्रता हनन्का घटनामा वृद्धि; कानुन र नीति सुधारमा निष्क्रियता; पत्रकारितामा लोकप्रियतावादी राजनीतिको बढ्दो प्रभाव; पत्रकार विरुद्धको अपराध सम्बन्धी दण्डहीनताप्रति उदासीनता; सञ्चारमाध्यमको आर्थिक अवस्थामा निरन्तर गिरावट र पत्रकारको पेशागत सुरक्षा जोखिममा पर्नु जस्ता कारणले गत वर्ष प्रेस स्वतन्त्रताको अवस्था चुनौतीपूर्ण रह्यो ।
यो वर्ष पनि प्रेस तथा मिडिया सुधारका लागि कुनै कानुन तथा नीति निर्माण नहुनुलाई प्रतिवेदनमा गम्भीरतापूर्वक लिइएको छ । प्रतिनिधिसभाको हिउँदे अधिवेशनमा नेपालमा सञ्चारक्षेत्रको सुधारका लागि लामो समयदेखि प्रतीक्षा गरिएका कानुन आउने अपेक्षा गरिएको थियो । तर, राजनीतिक दलहरूबीचको खिचातानीले संसद् अबरुद्घ हुँदा सूचना प्रविधि तथा आम सञ्चार लगायतका प्रेस स्वतन्त्रतासम्बन्धी कुनै पनि विधेयकहरु अगाडि बढेनन् । संसदीय कार्यवाही र छलफल नराम्ररी प्रभावित भयो ।
पीडित पत्रकारका परिवार दण्डहीनताका घटनामा अझै न्यायको पर्खाइमा छन् । द्वन्द्वकालमा मारिएका पत्रकारका १० मुद्दा सत्य निरुपण तथा मेलमिलाप आयोगमा विचाराधीन छन् भने बाँकी ६ वटा मुद्दा अनुसन्धान, अभियोजन र फैसलाको पर्खाइमा छन् ।


नियामक निकाय प्रेस काउन्सिल नेपालले विभिन्न अनलाइन मिडियालाई अफवाह, अतिरंजित र अश्लील सामग्री प्रकाशित गरेका कारण देखाउँदै अनुसन्धान र कारबाही गर्न प्रहरीलाई पत्राचार गरेको थियो भने केहीलाई पत्रकार आचारसंहिता उल्लङ्घन र हिंसा भड्काउने सामग्री प्रकाशन गरेको आरोपमा पोर्टल बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई पनि पत्राचार गरेको थियो ।


प्रतिवेदनले सार्वजनिक कार्यालयमा हुने अनियमितता र भ्रष्टाचार सम्बन्धी समाचार लेख्ने पत्रकारहरू सधैं खतरामा पर्ने जनाएको छ ।  
राष्ट्रिय मानवअधिकार आयोगको नेतृत्वमा पत्रकार सुरक्षा संयन्त्र प्रदेशस्तरमा पनि कार्यान्वयन भएको कुरालाई प्रतिवेदनमा सकारात्मक विकासका रुपमा लिइएको छ । “हरेक प्रदेशमा संयन्त्र गठन हुनुका साथै ती संयन्त्रले प्रदेशमा अभिव्यक्ति स्वतन्त्रताको प्रवद्र्घनका लागि काम पनि सुरु गरिसकेका छन् । यसले अभिव्यक्ति स्वतन्त्रताको संरक्षणका साथै देशभरका पत्रकारको सुरक्षामा योगदान पु¥याउने अपेक्षा गरिएको छ, ” प्रतिवेदन भन्छ । विगत एक वर्षमा भएका प्रेस स्वतन्त्रता उल्लंघनका घटनामा प्रभावित पत्रकारमध्ये धेरैजसो    डिजिटल मिडियामा कार्यरत छन् । तथ्यांकले ३० अनलाइन मिडियामा आवद्ध ३४ पत्रकारलाई धम्की आएको देखाउँछ । 


नेपालमा कोभिड–१९ बाट प्रभावित सम्पूर्ण मिडिया अझै पूर्णरुपमा पूर्वावस्थामा फर्किन सकेका छैनन् । फ्रिडम फोरमको प्रारम्भिक अध्ययनले २०२३ मा सात प्रदेशका १०० भन्दा बढी सञ्चारगृह बन्द भएको र लगभग २४३ सञ्चारकर्मीले आफ्नो पेशा छोडेको देखाएको थियो । तीव्र आर्थिक संकटले निजी, सामुदायिक र अनलाइन मिडियालाई नराम्ररी प्रभाव पारेको छ । 


अनलाइन सञ्चारमाध्यमको संख्या बढ्दै गए पनि तिनको दिगोपना सुनिश्चित नहुनु अर्को चिन्ताको विषय बनेको छ । नेपालमा ४ हजारभन्दा बढी अनलाइन समाचारमाध्यम छन् ।
“बढ्दो डिजिटल विकाससँगै नेपाली सञ्चारकर्मीले नयाँ किसिमका चुनौतिको सामना गर्नुपरेको छ । यस परिवेशमा उनीहरूको पेशागत सुरक्षाका लागि विभिन्न तालिम तथा क्षमता अभिवृद्घि कार्यशाला अत्यावश्यक छन् । प्रेस स्वतन्त्रताको सम्बन्धमा नेपाली पत्रकारहरूले कृत्रिम बौद्घिकता एआईले तत्काल कुनै असर नगरेकोे बताए पनि एआई सहितको नविनतम प्राविधिक विकाससँगै पत्रकारहरूको क्षमता अभिवृद्धि अत्यावश्यक छ,” प्रतिवेदनले उल्लेख गरेको छ ।  


प्रतिवेदनमा फ्रिडम फोरमले डिजिटल मिडिया र युट्युब पत्रकारिता बढ्दो क्रममा रहेको बेला यहाँ सम्बद्ध पत्रकारहरूको सुरक्षाका लागि वैकल्पिक मिडियाका स्थापना र सञ्चालनका लागि अनुकूल वातावरण सृजना गनर््ु आवश्यक रहेको सुझाएको छ । 


अनलाइन माध्यममा फैलिने भ्रामक सूचनाबाट जोगिन र पत्रकारहरुलाई यस्ता सूचनाको जोखिमबाट जोगाउन डिजिटल पत्रकारिताको गहन अध्ययन, अनुसन्धान र मान्यताको बढ्दो आवश्यकतामाथि उत्तिकै महत्व दिइएको छ । 


फ्रिडम फोरमले सञ्चारगृह र पत्रकारिताको नियामक निकायमा सुदृढ तथ्यजाँच डेस्क÷संयन्त्र स्थापनाका लागि पनि सिफारिस गरेको छ । 
 

प्रतिकृया दिनुहोस