• आइतबार १-१६-२०८१/Sunday 04-28-2024
  • 03:19:08
  • ON AIR
  • UP NEXTBhakti Darshan

तनहुँ–२ मा काङग्रेसका भण्डारी निर्वाचित

दुलेगौंडा, ७ मंसिर । तनहुँ क्षेत्र नं. २ मा नेपाली काङग्रेसका केन्द्रिय सदस्य शंकर भण्डारी निर्वाचित भएका छन् । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् पूर्व मन्त्री किरण गुरुङलाई ५ हजार ४ सय ७४ मतान्तरले पराजित गर्दै भण्डारी विजयी भएका हुन् ।

२०७४ को निर्वाचनमा सोहि क्षेत्रमा एमालेका केदार सिग्देलसँग हार व्यहोरेका भण्डारी यस पटक सत्ता गठबन्धनकातर्फबाट साँझा उम्मेदवार थिए । भण्डारीले ३० हजार ६ सय ४ मत ल्याउदा निकटतम प्रतिष्पिर्धी गुरुङले २५ हजार १ सय ३० मत प्राप्त गरे । कुल १ लाख २५ हजार ५ मतमध्य ६७ हजार ८ सय १७ मत खसेको थियो । यसमध्य ३ हजार ५ सय ८१ मत बदर भएको निर्वाचत अधिकृत गोविन्द उपाध्यायले जानकारी दिए ।

यसैबीच एमाले नेता गुरुङले प्रतिनिधी सभा सदस्यमा निर्वाचित भण्डारीलाई बधाई दिएका छन् । सामाजिक सञ्जालमा आज उनले बधाईदिदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । उम्मेदवार गुरुङले विविध अनुकूलताका बीच तनहुँ क्षेत्र नम्बर २ का मतदाताले देखाएको प्रेम, सदभाव र शुभेच्छा सदैव स्मरणीय रहने उल्लेख गरेका छन् ।  आवधिक निर्वाचन फेरि पनि आउँछ नै, तर समाजप्रतिको उत्तरदायित्व र जिम्मेवारीको सदा सर्वथा भारी बोक्न तयार छु । मतदाताहरूको फैसलालाई म सम्मान गर्दछु । मलाई  निरास र विचलित बनाएको छैन । उनले लेखेका छन् । 
 

प्रतिकृया दिनुहोस