• आइतबार १-१६-२०८१/Sunday 04-28-2024
  • 04:50:56
  • ON AIR
  • UP NEXTBhakti Darshan

तनहुँ २ प्रदेश २ मा काङग्रेसका आले विजयी

दुलेगौंडा, ७ मंसिर ।  तनहुँ क्षेत्र नं. २ प्रदेश २ मा नेपाली काङग्रेस तनहुँ सभापति जितप्रकाश आले विजयी भएका छन् ।

नेकपा एमालेका नेता एवम् प्रतिनिधी सभाका निवर्तमान सदस्य केदार सिग्देललाई ६ सय ४० मत अन्तरले पराजित गर्दै आले विजयी भएका हुन् । नेता आलेले १३ हजार ८ सय ६० मत प्राप्त गर्दा सिग्देलले १३ हजार २ सय २० मत ल्याए । संविधान सभा सदस्य निर्वाचनमा नेकपा एमालेका नेता टुकराज सिग्देलसँग पराजित भएका आलेलाई यस पटक भने प्रदेश सभामा जाने बाटो खुलेको हो । यसैगरी राप्रपाकी श्याम कुमारी राईले ५ सय ६५ मत प्राप्त गरिन् । मंसिर ४ मा भएको निर्वाचनमा २९ हजार ८ सय ९८ मतमध्य कुल ९ सय ८१ मत बदर भएको छ । 
 

प्रतिकृया दिनुहोस