• सोमबार २-७-२०८१/Monday 05-20-2024
  • 07:29:34
  • ON AIR BBC Nepali Sewa Bihani Sewa
  • UP NEXTSukhad Bihani

सरस्वती नमुना मावि जुनियर रेडक्रस सर्कलद्धारा सरसफाई

दुलेगौंडा, २६ बैशाख । विश्व रेडक्रस दिवसको अवसरमा शुक्लागण्डकी–७ खैरेनीटारमा रहेको सरस्वती नमुना मावि जुनियर रेडक्रस सर्कलले खैरेनीटार क्षेत्रमा सरसफाई गरेको छ ।

बुधवार सर्कलका अध्यक्ष सलिना गुरुङसहितका विद्यार्थी एवम् शिक्षकहरुको सहभागितामा सरसफाई गरिएको सहायक प्रधानाध्यापक सञ्जिव श्रेष्ठले जानकारी दिए । सोहि अवसरमा सर्कललाई आर्थिक संकलन समेत गरिएको थियो । रेडक्रसका संस्थापक हेनरी ड्युनाको जन्मदिनमा उनले गरेको योगदानको कदर गर्दै मे ८ लाई संसारभर रेडक्रस दिवसका रुपमा मनाइने गरिन्छ । विश्व रेडक्रस दिवस संस्थापक हेनरीको सम्झना गर्दै विभिन्न नाराका साथ रेडक्रस दिवस मनाउने गरिन्छ । विशुद्ध मानविय सेवालाई ध्यानमा राख्दै हेनरीले सन् १८६३ मा रेडक्रस सोसाइटीको स्थापना गरेका थिए ।

प्रतिकृया दिनुहोस