• शुक्रबार ६-४-२०८१/Friday 09-20-2024
  • 03:41:23
  • ON AIR
  • UP NEXTBhakti Darshan

ढोरफिर्दीमा १९ औं तीज कप जारी

दुलेगौंडा, १७ भदौ । तनहुँको शुक्लागण्डकी–८, गाउँफर्कोदय माविको खेल मैदानमा १९ औं तीज कप जारी छ । जनसेवा स्पोर्टस क्लवको आयोजनामा प्रतियोगिता भएको हो । नमुना र बरडाडाँबीच आइतवार भएको पहिलो खेलमा बरडाडाँ ४–३ ले विजयी भयो । निर्धारित समयमा दुबैतर्फ समान गोल भएपछि ट्राइबेकरबाट खेलको निर्धारण गरिएको थियो । यसैगरी दोस्रो खेल सुप्रि एफसी र खैरेनी युथ क्लवीच भएकोमा खैरेनी युथ क्लव २–० ले विजयी हुदै अघिल्लो चरणमा प्रवेश गरेको छ । अर्को खेल ब्रदरहुड र सेतीरिभरबीच भएकोमा निर्धारित समयमा २–२ गोल भएपछि पेनाल्टीमार्फत सेती रिभर विजयी भयो । अर्को खेलमा लिभिक कन्स्ट्रक्सन अघिल्लो चरणमा प्रवेश गर्न सफल भयो । उसले हिमालयन जेवाईसीलाई पराजित गरेको हो । अन्तिम खेलमा भिमाद एफसीले रक गार्डेनलाई ३–० ले पराजित गर्दैै भिमाद एफसी अघिल्लो चरणमा प्रवेश गर्न सफल भयो । खेलकुद एवम् विविध कार्यक्रमको माध्यमबाट छरिएर रहेका युवा शक्तिलाई एकिकृत गर्दै समाजको विकासमा टेवा पु¥याउने उदेश्यले तीज कप सेभेन ए साईड अन्तर क्लव स्तरीय खुल्ला नकआउट फुटबल प्रतियोगिता गरिएको क्लव अध्यक्ष बील बहादुर गुरुङले जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुने समुहले नगद ८८ हजार ८ सय ८८, द्धितीयले ४४ हजार ४ सय ४४ साथमा शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् । साथै उत्कृष्ट खेलाडीलाई नगद ३ हजार, सर्वाधिक गोलकर्ता, गोल रक्षक, डिफेन्डर उदयाीमान खेलाडीलाई २÷२ हजार रुपैया प्रदान गरिने छ । प्रतियोगितामा ३० समुहको सहभागिता रहेको अध्यक्ष गुरुङले बताए । प्रतियोगिता २१ गते सकिने छ ।  महिलाहरुको महान पर्वत हरितालिका तिजको अवसरमा भेला भएर गीत गाउने, नाच्ने ठाउँको रुपमा विकसित हुदै गएको यस क्षेत्रलाई खेलकुदका गतिविधि समेत हुदै आएको छ । विविध साँस्कृतिक कार्यक्रमकासाथै सरसफाई समेत गरिने क्लवले जनाएको छ ।

प्रतिकृया दिनुहोस