• शनिबार ६-५-२०८१/Saturday 09-21-2024
  • 01:09:42
  • ON AIR Fataurika Guf
  • UP NEXTShuklagandaki Samachar

स्वास्थ्य मन्त्री पौडेल जिपी अस्पतालमाःहाल भएको जनशक्ति र भौतिक संरचनाबाट अधिकतम सेवा प्रदान गर्नु

दुलेगौंडा, २१ साउन ।  स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेललले जिपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रको डिपीआर चाडो सम्पन्न गर्न आग्रह गरेका छन् । 


अस्पतालको  सोमवार  निरिक्षणका क्रममा आफू मन्त्री भएपछि नेपालकालागि भारतीय राजदुतसँग अस्पताल निर्माणकालागि स्मरण गराएको उल्लेख गर्दै डिपीआर माग गरेको स्मरण गरे । शेर बहादुर देउवा प्रधानमन्त्री हुदा भारत भ्रमणको क्रममा तीन सय बेडको अस्पताल निर्माणकालागि सझदारी भएको छ, मन्त्री पौडेलले भने, भारत सरकार निर्माणकालागि सकरात्मक छ, तर हामीले अहिलेसम्म डिपीआ बुझाउन सकेका छैनौं । जनशक्ति र भौतिक पुर्वाधार थप्न समय लाग्ने भएकोले हाल भएको जनशत्ति र भौतिक संरचनाबाट अधिकतम सेवा प्रदान गर्न उनले अस्पताललाई निर्देशन दिए । अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. राम कुमार श्रेष्ठले आगामी असोजसम्ममा डिपीआर तयार गरि बुझाउने जानकारी दिए । उनका अनुसार तीन सय बेड अस्पतालका लागि करिव ४ अर्ब रुपैया लागतको डिपीआर तयार हुदै छ । डा. श्रेष्ठले अस्पतालको सञ्चालक समितिले पूर्णता नपाएको, स्थानीय दरबन्दि नहुदा समस्या नभएको बताएका थिए । साथै उनले मन्त्रालयको निर्देशन बमोजिम विहान ८ बजेबाट ओपीडी सेवा सुचारु गर्दा विरामीलाई उपचारमा सहज हुदै गएको जानकारी गराएका थिए । 


माधवकुमार नेपालको प्रधानमन्त्रीत्वकालमा वि.स. २०६७ सालमा पूर्व प्रधानमन्त्री स्व.गिरीजाप्रसाद कोइरालाको स्मृतिमा राष्ट्रिय स्तरकै श्वासप्रश्वास उपचार केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो । अस्पताल निर्माणकोलागि उपयुक्त स्थान यस ठाउँमा मिलेपछि समुदायस्तरबाट सञ्चालित सेती गंगा सामुदायिक अस्पताललाई २०७२ श्रावणदेखि जिपीको नामबाट स्वास्थ्य सेवा प्रदान गरेको थियो । सेती गंगाको २ सय रोपनी जग्गामा ५ सय थप गरी हाल ७ सय रोपनी जग्गा जिपीको नाममा छ ।  
 

प्रतिकृया दिनुहोस