• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
  • 10:53:17
  • ON AIR
  • UP NEXT

हरिनाशमा लक्ष्यभन्दा बढि बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाईयो

दुलेगौंडा, २३ फागुन । स्याङ्जाको हरिनाश गाउँपालिकामा २१ गतेदेखि शुरु गरिएको दादुरा– रुबेला खोप अभियान बुधवार सकिएको छ ।

पालिकाका ५ सय ९७ जना ९ महिनादेखी १५ बर्षसम्मका बालबालिकालाई खोप लगाउने लक्ष्य राखिएकोमा लक्ष्य भन्दा बढि ६ सय ४४ बालबालिकालाई खोप लगाइएको  स्वास्थ्य शाखा प्रमुख एवम् सुचना अधिकारी विदुर सिग्देलले जानकारी दिए । यसमध्य ३ सय १७ बालक र ३ सय २७ बालिका छन् । सिग्देलका अनुसार १० वटा केन्द्रमा २३ स्वास्थ्यकर्मी र ३३ जना महिला स्वास्थ्य स्वयमसेविका खोप लगाउन खटिएका थिए । यसअघि कार्यक्रमको शुभारम्भ गाउँपालिका उपाध्यक्ष इन्द्रकुमारी राना र स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख केशव प्रसाद चापागाईले गरेका थिए । 

प्रतिकृया दिनुहोस