• शनिबार ६-५-२०८१/Saturday 09-21-2024
  • 06:59:09
  • ON AIR Nepali Bahas
  • UP NEXTShuklagandaki Samachar

शुक्लागण्डकीका व्यवसायीहरुलाई चुनावको चटारो

दुलेगौंडा, ४ असोज ।  शुक्लागण्डकीका व्यवसायीहरुलाई चुनाव लागेको छ ।  यस क्षेत्रका व्यवसायीहरुको छाता संगठन शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघ र मातहतका वडा व्यवस्थापन र महिला उद्यमी समितिको अधिवेशन नजिकिएसँगै चुनावी चहलपहल बढेको हो । वडा व्यवस्थापन समितिको अधिवेशन शनिवार हुदै छ भने महिला उद्यमी समितिको अधिवेशन आगामी असोज १२ गते गर्ने तयारी छ । साथै कार्तीक ३ गते नगरको अधिवेशनकालागि मिति तय गरिएको छ । 


भदौ ३१ सम्म नविकरणकोलागि सिमा रहेकोमा सो अवधिमा कुल ८ सय ३७ जना व्यवसायीले व्यवसाय संस्थामा नविकरण गराएको शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघका महासचिव उपेन्द्र तिम्सेनाले जानकारी दिए । उनले वडा व्यवस्थापन समितिबाट आएका संख्यालाई नगरले अद्यावधिकको काम गरिरहेकाले केहि संख्या तलमाथि हुन सक्ने बताए । उनका अनुसार वडा नं. ४ मा सबैभन्दा धेरै २ सय २४ जनाले व्यवसाय नविकरण गरेका छन् भने सबैभन्दा कम वडा नंं. १ र १२ मा ६÷६ जना छन् । वडा नं. २ मा १ सय ७ जना, वडा नं. ३ मा ११ जना, वडा नं. ५ मा १ सय १४, वडा नं. ६ मा १ सय ५० जना छन् । वडा नं. ७ मा १ सय ५२, वडा नं. ८ मा ३५ जना, वडा नं. ९ मा ९ जना, वडा नंं. १० मा १४ जना र ११ मा ८ जना रहेका छन् । नगरमा नविकरण गराएका कुल ८ सय ३७ मध्य करिव ५० प्रतिशत महिला छन् । नगरको विधान अनुसार वडाको अधिवेशन गर्न कम्तिमा ५० जना व्यवसायीको व्यवसाय नविकरण हुनुपर्ने प्रावधान छ । महासचिव तिम्सेनाले हाल सो संख्या नपुगेका वडाहरुमा संङ्ख्यापुगेपछि अधिवेशन हुने जानकारी दिए । 


वडा व्यवस्थापन समिति मध्य वडा नं. ४ को अधिवेशनमा नेतृत्वकोलागि दुई जनाले दाबी गरेका छन् । यहाँ हालका सचिव बालकृष्ण विक र कोषाध्यक्ष सुबिल श्रेष्ठले अध्यक्षकालागि दाबी गरेका छन् । यद्यमी सर्वसम्मतको प्रयास जारी रहेको स्रोतले बताएको छ ।  करिव तीन वर्षसम्म शुक्लागण्डकीमा दुई नगरस्तरीय उद्योग वाणिज्य संघ अस्तित्वमा रहेकोमा २०७८ चैतको दोस्रो साता एक भएका थिए । संस्थाका वशन्त ज्वारचन र हरि कुमार श्रेष्ठ संस्थापक अध्यक्ष हुन् । नगर उद्योग वाणिज्य संघ एक भएपछि भएको भेलाले विमल प्रसाद रिमालको नेतृत्वमा नयाँ समिति चयन गरेको थियो । 
 

प्रतिकृया दिनुहोस