• शनिबार ६-५-२०८१/Saturday 09-21-2024
  • 06:59:37
  • ON AIR Nepali Bahas
  • UP NEXTShuklagandaki Samachar

शुक्लागण्डकीसहित विभिन्न पालिकामा  भोली दिनभर विद्युत नआउने

दुलेगौंडा, ०४ असोज । शुक्लागण्डकीको खैरेनीटार सवस्टेसनबाट वितरण हुदै आएका स्थानहरुमा भोली  (असोज ५ गते) दिनभर विद्युत अवरुद्ध हुने भएको छ । विहान १० बजेदेखि साँझ ४ बजेसम्म विद्युत बन्द हुने छ । 
नेपाल विद्युत प्राधिकरण लेखनाथ वितरण केन्द्रले शनिवार मुग्लीन–पोखरा सडक विस्तार योजना अन्तर्गत गुणादी, मनहरी र खैरेनीटारमा विद्युतीय संरचना स्थानान्तरण गर्नुपर्ने भएकाले खैरेनीटार सवस्टेसनसम्मको ३३ केभि प्रसारण लाईन बन्द गरिने जनाएको छ । 


काम छिटो सम्पन्न भएमा चाडैनै विद्युत सुचारु हुने केन्द्रका इन्जिनीयर निरोज पौडेलले जानकारी दिए ।  खैरेनीटार सवस्टेसन बाट हाल तनहुँ निर्वाचन क्षेत्र नं. २ क, ख र नवलपुर निर्वाचन क्षेत्र नं. २ क का उपभोक्तामाझ विद्युत वितरण भइरहेको छ । सो क्षेत्र अन्तर्गत शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका, घिरिङ गाउँपालिका, रिसिङ गाउँपालिका, म्याग्दे गाउँपालिकाका र नवलपुरको बौद्धिकाली र बुलिङ्टार गाउँपालिकाका केहि वडाहरुमा पर्दछन् । 

प्रतिकृया दिनुहोस