• मंगलबार १-१८-२०८१/Tuesday 04-30-2024
  • 01:02:30
  • ON AIR
  • UP NEXTGyan Amrit

एसइई कप छात्र भलिबल प्रतियोगिताको उपाधी जनप्रेमी माविलाई

दुलेगौंडा, १ बैशाख । प्रथम पञ्चमुनिदेव एसइई कप छात्र भलिबल प्रतियोगिताको उपाधी शुक्लागण्डकी–१२ स्थित जनप्रेमी माध्यमिक विद्यालयले जितेको छ ।

शुक्रवार विहान भएकेोफाइनलमा शुक्लागण्डकी–१ स्थित अमरज्योती माध्यमिक विद्यालयलाई ३–१ को सेटमा पराजित गर्दै जनप्रेमीले उपाधी हात पारेको हो । तनहुँको दुलेगौंडास्थित पञ्चमुनिदेव माविको आयोजनामा भएको प्रतियोगितामामा छात्रतर्फ १८ र छात्रातर्फ ४ समुहको सहभागिता रहेको थियो ।। प्रतियोगितामा छात्रतर्फ प्रथम भएसँगै जनप्रेमीले नगद ३० हजार र दोस्रोमा चित्त बुझाएको अमरज्योतीले २० हजार साथमा ट्रफि, मेडल र प्रमाणपत्र पाए । छात्रातर्फको उपाधी भने धर्म मावि भिमादले जितेको छ । छात्रातर्फ अरुणोदय  द्धितीय भयो । छात्रातर्फ प्रथमभएसँगै धर्म माविलाई १० हजार र द्धितीय अरुणोदयलाई ५ हजार रुपैया साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरियो ।  
 

प्रतिकृया दिनुहोस