• आइतबार ५-२३-२०८१/Sunday 09-08-2024
  • 06:13:41
  • ON AIR Kayakairan
  • UP NEXTNepali Bahas

लागु औषध गाँजासहित शुक्लागण्डकीका विनायक पक्राउ

दुलेगौंडा, ६ साउन । तनहुँको बन्दिपुर गाउँपालिका वडा नं. १ पिप्लेबाट एक जना लागुऔषधसहित पक्राउ परेका छन् । आइतवार  शुक्लागण्डकी नगरपालिका वडा नं.८ बस्ने बर्ष १९ को बिनायक सुनारका साथबाट  १ किलो ८०० ग्राम र हातमा लिएको जेब्रा झोलाभित्र लुकाई राखेको २ किलो ५४० ग्राम गरी जम्मा ४ किलो ३४० ग्राम अबैध लागु औषध गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 


सुनारले साथमा लिएका झोलाहरु खानतलासी गर्दाे दोकाधे झोलाभित्र लुकाई राखेको अबैध लागु औषध गाँजा फेला परेको  हो । सुनारलाई नियन्त्रणमा लिई सम्मानीत तनहुँ जिल्ला अदालतबाट म्याद थप अनुमती लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

प्रतिकृया दिनुहोस