• आइतबार ५-२३-२०८१/Sunday 09-08-2024
  • 06:30:30
  • ON AIR Nepali Bahas
  • UP NEXTShuklagandaki Samachar

बुद्धको प्रतिमा निर्माणकोलागि गुरुङको एक लाख बढि  सहयोग

दुलेगौंडा, ७ असार । गुरु पुर्णिामाको अवसरमा आइतवार बौद्ध शान्ति सदन शुक्लागण्डकी–४ पुल्चोकमा  बिशेष पुजा आयोजना गरिएको छ ।

गुरु पूर्णिमाका साथै जन्मदिनको अवसर पारि गुरुङ मगर साँस्कृतिक एकता समाजका अध्यक्ष मनराज गुरुङले बुद्धको प्रतिमा निर्माणकोलागि एक लाख बढि  सहयोग गरेका छन् । एकता समाजका सचिव अमरराज थापालाई १ लाख ३ हजार ३ सय ३३ रुपैयाको चेक प्रद ान गरेका हुन् ।

 तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं. ८ को पर्यटकीयस्थल एक्लेडाडाँमा बुद्धको प्रतिमा बनाउन यसअघि समाज र वडा  कार्यालयबीच सम्झौता भएको छ । २९ फिट अग्लो बुद्धको प्रतिमा निर्माण गर्ने उदेश्यले आर्थिक संकलनको अभियान थालिएको छ ।  नेकपा माओवादी केन्द्र शुक्लागण्डकीका अध्यक्ष समेत रहेका गुरुङले बुद्धको प्रतिमा निर्माणकोलागि सहयोगको प्रतिवद्धता आएको बताउदै आफैबाट थोरै भएपनि सहयोगकको शुरुवात गरेको उल्लेख गरे । कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाका नगर उपप्रमुख खुम बहादुर विक राजु, सदनका अध्यक्ष सुर्य बहादुर थापा लगायतले बोलेका थिए ।
 

प्रतिकृया दिनुहोस