• आइतबार ५-२३-२०८१/Sunday 09-08-2024
  • 06:32:33
  • ON AIR Nepali Bahas
  • UP NEXTShuklagandaki Samachar

ज्ञान बगैचा फुटसल प्रतियोगिता आज 

दुलेगौंडा, १ असार ।  शुक्लागण्डकीमा शनिवार ज्ञान बगैचा फुटसल प्रतियोगिता हुदै छ । प्रतियोगिताको खेल तालिका शुक्रवार सार्वजनिक गरिएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नंं ५ बेलचौतारामा रहेको ज्ञान बगैंचा इङ्लीस बोर्डिङ स्कुलको आयोजनामा एसइई दिएर बसेका विद्यार्थीबीच प्रतियोगिता गर्न लागिएको हो । प्रतियोगितामा १६ विद्यालयको सहभागिता रहने विद्यालयका प्रिन्सिपल सुरेश पौडेलले जानकारी दिए । 


उनका अनुसार शनिवार विहान ८ बजे पहिलो खेल ब्राइटफ्युचर र बालविद्याबीच हुने छ । दोस्रो खेल पञ्चमुनिदेव ए र अरिनिको बोर्डिङ, तेस्रो खेल पञ्चमुनिदेव बी र ज्ञान बगैचाबीच, चौथो खेल अमर भुपु र माउन्ट अन्नपूर्ण भिमादबीच हुने छ । सुर्योदय र जनकल्याणबीच पाँचो खेल हुने छ । छैटौ खैरेनी र तालबेशी, सातौं सिद्धिविनायक र कञ्जनजंगा र आठौं खेल माउण्ट अन्नपूर्ण खैरेनी र बाराहीबीच हुने विद्यालयले जनाएको छ । 

एडिएसल फुटसल बेलचौतारामा हुने प्रतियोगितामा प्रथम हुने समुहले नगद १५ हजार र द्धितीयले नगद १० हजार साथमा ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन् ।  एसइई २०८० मा सहभागि भएर नतिजाको पर्खाइमा रहेका विद्यालयका विद्यार्थी प्रतियोगितामा सहभागि हुनेछन् ।  एसइईको नतिजाको तयारी भइरहेको सन्दर्भमा विभिन्न विद्यालयका विद्यार्थीहरुबीच एक आपसमा परिचय र सामिप्यताकोलागि पहिलोपटक प्रतियोगिता गरिएको प्रिन्सीपल सुरेश पौडेलले जानकारी दिए । विद्यालयमा गएको वर्षदेखि कक्षा ११ र १२ को अध्यापन शुरु गरिएको छ । 
 

प्रतिकृया दिनुहोस