• बुधबार ७-७-२०८१/Wednesday 10-23-2024
  • 06:23:19
  • ON AIR Kayakairan
  • UP NEXTNepali Bahas

रगत अभाव हुन थालेपछि बेलचौतारामा भोली खुला रक्तदान कार्यक्रम गरिदै

दुलेगौंडा, ६ कार्तिक । चाडापर्वका कारण नियमित रगत संकलन नभएर पोखरामा रगत अभाव हुन थालेपछि बेलचौतारामा खुला रक्तदान कार्यक्रम आयोजना गरिएको छ । 


बेलचौतारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले कार्तिक ७ गते बुधवार रक्तदान कार्यक्रम आयोजना गरेको सहकारीका अध्यक्ष बाबुराम कार्कीले जाननकारी दिए । सहकारीको १४ औं वार्षिकोत्सवको अवसरमा रक्तदान नै जीवनदान, जीवनदान नै महादान भन्ने मुल नाराका साथ कार्यक्रम आयोजना गरिएको हो । शुक्लागण्डकी–५, बेलचौतारास्थित सहकारी कार्यालयको प्राङ्गणमा विहान ८ बजेदेखि १२ बजेसम्म रक्तदान कार्यक्रम सञ्चालन हुने कार्कीले जानकारी दिए । उनले पायक पर्ने सबैलाई रगत दान दिन आग्रह गरे । प्रादेशिक रक्तसञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम हुन लागेको हो । सहकारीले सोहि अवसरमा जेष्ठ शेयर सदस्य सम्मान कार्यक्रम समेत गर्दै छ । 
 

प्रतिकृया दिनुहोस