• शुक्रबार ७-२-२०८१/Friday 10-18-2024
  • 10:44:41
  • ON AIR Hello Shuklagandaki
  • UP NEXTNepal Khabar

अन्तरपालिका स्तरीय भलिबल जितेको शुक्लागण्डकीका खेलाडीलाई नगरद्धारा बधाईसहित सम्मान

दुलेगौंडा, २१ जेठ । अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिताको उपाधी जितेको शुक्लागण्डकीले आफ्ना खेलाडीलाई बधाईसँगै सम्मान गरेको छ ।

शुक्लागण्डकी नगरपालिकाले आइतवार नगरपालिकामा आयोजना गरेको एक कार्यक्रममा उनीहरुलाई बधाई दिदै फुलका गुच्छाले सम्मान गरेको हो । नगर उपप्रमुख खुम बहादुर विक राजुले पहिलोपटक नगरको व्यवस्थापनमा प्रतियोगितामा सहभागी हुन पठाएको बताउदै खेल र खेलाडीहरुलाई थप व्यवस्थित बनाउदै लैजानुपर्नेमा जोड दिए ।

सो अवसरमा नगर उपप्रमुख विकसँगै शिक्षा तथा खेलकुद विकाश शाखाका प्रमुख नवराज चापागाई, शाखाका अधिकृत शुशिल नराल, नगरपालिका प्रवक्ता सचिन भुजेल, कार्यपालिका सदस्य सन्तोष विक लगायतले बधाई दिदै खेल क्षेत्रमा समेत सफलताको कामना गरे । सो अवसरमा विजेताले पाएको शिल्ड प्रशिक्षक निशान थापा मगरले नगर उपप्रमुख विकलाई हस्तान्तरण गरेका थिए । आइतवार विहान भएको फाइनलमा शुक्लागण्डकी नगरपालिका र घिरिङ गाउँपालिकालाई सोझो सेटमा पराजित गर्दै उपाधी हात पारेको हो ।

तनहुँ भलिबल सघंको आयोजनामा भएको प्रतियोगितामा तनहुँका पालिाकाहरुको सहभागिता रहेको थियो । उपाधीसँगै शुक्लागण्डकी नगरपालिकाले नगद १ लाख ११ हजार १ सय ११ रुपैयामा साथमा शिल्ड र प्रमाणपत्र प्राप्त गरेको छ । शुक्लागण्डकीकातर्फबाट उत्कृष्ट प्रशिक्षक निशान थापा मगर, सर्वोत्कृष्ट खेलाडी भोजराज जिसी र उत्कृष्ट सेटर अशोक मल्ला घोषित भए । 
 

प्रतिकृया दिनुहोस