• मंगलबार १-१८-२०८१/Tuesday 04-30-2024
  • 02:59:43
  • ON AIR
  • UP NEXTGyan Amrit

प्रथम पञ्चमुनिदेव एसइई कप छात्र तथा छात्रा भलिबलमा छात्रातर्फको उपाधी धर्म मावि भिमादलाई 

दुलेगौंडा, २८ चैत । प्रथम पञ्चमुनिदेव एसइई कप छात्र तथा छात्रा भलिबल प्रतियोगिता शुरु भएको छ । तनहुँको दुलेगौंडास्थित पञ्चमुनिदेव माविको आयोजनामा बुधवार शुरु प्रतियोगिताको नगर प्रमुख कृष्णराज पण्डितले उद्घाटन गरे । सो अवसरमा बोल्दै नगर प्रमुख पण्डितले भर्खरै परिक्षा सकेर आएका विद्यार्थीलाई यस्ता खेलले उत्साह थप्ने बताए ।

खेल संयोजक एवम् विद्यालय व्यवस्थापन समितिका सदस्य भोज बहादुर आलेको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तोष श्रेष्ठ, शिक्षक राजेन्द्र लम्साल लगायतले बोलेका थिए । २०८० सालको एसइई परिक्षामा सहभागि खेलाडीले प्रतियोगितामा भाग लिएका हुन । छात्रतर्फ पहिलो चरणका खेल बुधवार सकिएको छ ।  छात्रातर्फ धर्म मावि भिमाद प्रथम र अरुणोदय मावि द्धितीय भए ।

प्रतियोगितामा छात्रतर्फ प्रथम र द्धितीय हुने समुहले नगद ३० हजार र २० हजार साथमा ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन् । यसैगरी बेष्ट प्लेयर, लिफ्टर, स्पाईकर र ब्लकरलाई समेत पुरस्कारको व्यवस्था गरिएको विद्यालयका शिक्षक राजेन्द्र लम्सालले जानकारी दिए । छात्रातर्फ प्रथमलाई १० हजार र द्धितीयलाई ५ हजार रुपैया साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । विद्यालय प्राङ्गणमा शुरु प्रतियोगितामा छात्रतर्फ १८ र छात्रातर्फ ४ समुहको सहभागिता रहेको छ । प्रतियोगिता शुक्रवार सकिने छ । 

प्रतिकृया दिनुहोस