• शनिबार १-२९-२०८१/Saturday 05-11-2024
  • 12:17:43
  • ON AIR Amaka Katha Chorika Sapana (Re-caste)
  • UP NEXTFataurika Guf

चैत १५ देखि भिमादमा राष्ट्रिय युवा संघ कप अन्तर वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने

दुलेगौंडा, १३ चैत । राष्ट्रिय युवा संघ नेपाल भिमाद नगर कमिटी तनहुँले आगामी चैत १५ देखि राष्ट्रिय युवा संघ कप अन्तर वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता–२०८० गर्ने भएको छ । 
भिमाद नगरपालिकासँग जोडिएका ६ पालिकाका वडाहरुबाट प्रतियोगितामा सहभागिता जनाउन पाउने मंगलवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । प्रतियोगितामा भिमाद, म्याग्दे, हरिनाश,चापाकोट, शुक्लागण्डकी, रिसिङ र घिरिङका पालिकाहरुले सहभागिता जनाउन पाउने राष्ट्रिय युवा संघ नेपाल भिमाद नगर कमिटीका अध्यक्ष बुद्धि बहादुर मल्ल विजय ले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा प्रथम, द्धितीय र सान्त्वना हुने समुहले क्रमशः ७० हजार, ४० हजार, २० हजार र १० हजार साथमा शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् । उनले प्रतियोगिताले खेल पर्यटनमा प्रवद्धन गर्नुका साथै भिमाद क्षेत्रको प्रचारमा सघाउने विश्वास व्यक्त गरे । 


कार्यक्रममा बोल्दै नेकपा एमाले भिमाद नगर कमिटी अध्यक्ष इमान बहादुर थापाले छिमेकी पालिकाहरुसँग भातृत्व कायम गर्न यस्ता प्रतियोगिताले सहयोग पुग्ने बताउदै संघका रचनात्मक कार्यको प्रशंसा गरे । प्रतियोगिताका प्रचार उपसमिति संयोजक शिव आलेले संघले पछिल्ला समयमा विभिन्न सामाजिक क्षेत्रमा काम गर्दै आएको जानकारी दिदै यस प्रतियोगिताबाट बचत रहेको रकम पनि विपन्न परिवारको घर निर्माण, मृगौला पिडितलाई सहयोग गर्ने उल्लेख गरे । भिमाद रंगशालामा हुने प्रतियोगिताको नेकपा एमाले स्थायी कमिटी सदस्य किरण गुरुङले उद्घाटन गर्ने सचिव डम्बर थापाले जानकारी दिए । प्रतियोगिता चैत १८ गते सकिने छ । 
 

प्रतिकृया दिनुहोस