• सोमबार १-१७-२०८१/Monday 04-29-2024
  • 10:45:57
  • ON AIR Hello Shuklagandaki
  • UP NEXTNepal Khabar

राष्ट्रिय युवा संघ कप अन्तर वडा स्तरीय पुरुष भलिबल प्रतियोगितामा तीन खेल सम्पन्न 

दुलेगौंडा, १६ चैत । राष्ट्रिय युवा संघ नेपाल भिमाद नगर कमिटी तनहुँले आयोजना गरेको राष्ट्रिय युवा संघ कप अन्तर वडा स्तरीय पुरुष भलिबल प्रतियोगितामा शुक्रवार तीन खेल सम्पन्न भएका छन् । 


पहिलो खेलमा शुक्लागण्डकी–१२ विजयी भयो । शुक्लागण्डकीले घिरिङ –४ लाई ३–२ को सेटमा पराजित गरेको हो ।  भिमाद–९ र शुक्लागण्डकी–१ बीच भएको दोस्रो खेलमा भिमाद–९ अघिल्लो चरणमा प्रवेश गरेको प्रचार उपसमिति संयोजक शिव आलेले जानकारी दिए । उनका अनुसार ३–२ को सेटमा भिमादले शुक्लागण्डकी–१ लाई हराएको हो । अन्तिम खेलमा घिरिङ –१ अघिल्लो चरणमा प्रवेश गरेको छ । उसले शुक्लागण्डकी–६ लाई ३–० को सोझो सेटमा हराउदै विजयी भएको हो । शनिवार विहान ८ बजेदेखि बाँकी खेल हुने आयोजकले जनाएको छ । 


प्रतियोगितामा प्रथम, द्धितीय र सान्त्वना हुने समुहले क्रमशः ७० हजार, ४० हजार, २० हजार र १० हजार साथमा शिल्ड, मेडल र प्रमाणपत्र पाउने कमिटीका अध्यक्ष बुद्धि बहादुर मल्ल विजयले जानकारी दिए । प्रतियोगिताबाट बचत रहेको रकम विपन्न परिवारको घर निर्माण, मृगौला पिडितलाई सहयोग गर्ने उनले बताए । प्रतियोगिता चैत १९ गते सकिने छ । प्रतियोगितामा भिमाद, म्याग्दे, हरिनाश, शुक्लागण्डकी, रिसिङ र घिरिङका पालिकाहरुका गरी १७ समुहको सहभागिता रहेको छ । 

प्रतिकृया दिनुहोस